काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्य्दिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले विचार र कार्यदिशामा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठीक ढङ्गबाट अघि बढ्न नसक्ने बताए ।
उनले भने, ‘विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ । विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।’
समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । उनले भने, ‘हामीले नेपालमा जे उपलब्धि हासिल ग¥र्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन । विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।’
पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो ।
‘राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ,’ अध्यक्ष दाहालले भने ।
नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पु¥याउने उनको विश्वास थियो ।
अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्य्दिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए । रासस
The post हामीले नेपालमा हासिल गरेको उपलब्धि दुनियाँको कुनै किताबमा पाइँदैन : अध्यक्ष दाहाल appeared first on Koshi Online.
चीनले जाजरकोट भूकम्प पीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने