१३ ताेला गहना फिर्ता गर्ने चालकलाई सुनको सिक्री उपहार

ट्याक्सीमा छुटेको महत्वपुर्ण सामान फिर्ता गर्ने चालकलाई सामान धनीले सुनको सिक्री उपहार दिएका छन्।

बा २ ज ४०७१ नम्बरको भाडा कार चालक नविन सिग्देललाई सुन्धराकी लक्की रिजालले सुनको सिक्री दिएकी हुन्।

रिजाल सोमबार लाजिम्पाटदेखि थापाथलि नर्भिक अस्पतालसम्म जाँदा नम्बर नखुलेको भाडा कारमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्रहरु र लत्ता कपडा सहितको लगेज व्याग छुटेको थियो। त्यसबारे चालक सिग्देलले ट्राफिक हट लाईन १०३ मा जानकारी गराई खोजतलास शाखामा सामान बुझाएका थिए।

saman-firta-taxi_1.jpg

ट्राफिक प्रहरी महाशाखाले फेला परेको सामान सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने क्रममा प्रोत्साहन स्वरुप चालकलाई सुनको सिक्री उपहार दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

राइनो कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

Previous articleअभिभावकको चेतावनी : वुहानका नेपाली फिर्ता नल्याए अरु देश गुहार्छौँ
Next articleकोरोना भाइरसजस्तै संक्रामक त्रास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।