PI Network सहितका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार

PI Network सहितका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार

पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न उद्योग मन्त्रालय अन्तरगतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई आग्रह गरेको छ । विभागले पाई सहित पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न सिआईबीलाई पत्राचार गरेको हो ।

विभागले वान कोइन डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह तथा पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरेको विभागले उल्लेख गरेको छ । विभागले कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई पत्राचार गरेको हो ।

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

Previous articleअक्टोबर १ देखि कतारबाट दैनिक तीन वटा उडान हुने
Next articleकुखुराको चल्ला किन्दा हो’सियार: ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ प’क्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।