कतारमा रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे नेपाली राजदुताबासको जानकारी
उज्यालो नेपाल, असोज १४, चितवन- कतारको राजधानी दोहामा रहेको नेपाली दुताबासले कतारमा रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी प्रकाशित गरेको छ! कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेपछी यतिबेला कतारमा रहेका धेरै नेपाली उत्साहित भएका छन् ! तर रोजगारदाता परिवर्तन गर्दा आवश्यक पर्ने जानकारीको अभावमा धेरै अन्योलता पनि देखिन्छ! यहि अन्योलतालाई सम्बोधन गर्दै दुताबासले केहि जानकारी सार्वजनिक गरेको हो! दुताबासको सुचना यस्तो छ!

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी
कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ ।

१. रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने
- २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने ।
- २ वर्ष भन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।
- रोजगारदाता संग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिन अघि सूचना दिनुपर्ने ।
- करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्ष पछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।

- सूचना संगै छाडन चाहेको रोजगारदातासंगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागिर दिन्छु भन्ने पत्र(जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।
- रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली (Electronic Notification system of ADLSA) वाट यो लिंक मा गएर दिने ।
- सूचना दिई सकेपछि कामदार र जान चाहेको रोजगारदाता कंपनी लाई SMS वाट जानकारी आउछ ।

२. नयाँ रोजगारदाता संग रोजगार करार गर्ने
- नयाँ रोजगारदाता कंपनीले कामदार संग छलफल गरी करार पत्र वनाउने ।
- उक्त करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण (Digital Authentication) गर्नको लागि यो लिंक मा गएर गर्ने ।
३. कतारको नयाँ आइ डी वनाउने
- करार पत्र प्रमाणिकरण (Authenticated ) भएपछि नयाँ रोजगारदाता कंपनीले कतार आइ डी को लागि Ministry of Interior मा अनुरोध गर्ने ।
- नयाँ रोजगारदाता कंपनीले कतार आइ डी र हेल्थ कार्ड वनाईदिने ।
१४ असोज २०७७, 30 September 2020



