साउदीमा पासपोर्टको म्याद स’क्कियो वा ह’रायो? अब के गर्ने? दुताबासको जानकारी
उज्यालो नेपाल, असोज १६, काठमाडौँ- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिन लागेको छ भने के गर्ने? पक्का पनि तपाई अन्यो’लमा हुनुहुन्छ होला! अथवा साउदीमै तपाइको पासपोर्ट हरायो भने अर्को पासपोर्ट कसरी निकाल्न सकिएला? यस्ता कुरा जान्न तपाई पक्का पनि उत्सुक हुनुहुन्छ! आज हामीले यस्तै जानकारी लिएर आएका छौ ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला !
तपाई रियाद वा रियाद वरपर हुनुहुन्छ भने रियादमा रहेको नेपाली दुतावासमा सम्पर्क गर्नुहोला ! यसै गरि दमाम, जुबेल तथा खाेबरका राहदानी अावेदकहरुले पूर्वी क्षेत्रमा रहेका नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरिप्रसाद घिमिरेलाई सम्पर्क गर्नुहाेला।
नयाँ राहदानी बनाउन राजदूतावासमा आवेदन दिनेहरुका लागि आवश्यक कागजातहरु:
- हस्त लिखित राहदानी हुनेहरुले नेपाली नागरिकताको सक्क’ल प्रति र पुरानो
हस्त लिखित राहदानी - MRP राहदानी हुनेहरुले नेपाली नागरिकताको सक्कल वा सोको फोटोकपि र पुरानो MRP राहदानी
राहदानीका लागि आवश्यक राजश्व दस्तुर
- राहदानीको नियमित नवीकरण गरेमा – २०० साउदी रियाल
- हराएको ( हराएमा पुलिस रिपोर्ट र कम्पनीको सिफारिसपत्र साथमा ल्याउने) वा बिग्रिएको राहदानी भएमा – ४०० साउदी रियाल
यसै सम्बन्धमा नेपाली दुताबासले फेसबुक पेज मार्फत एक सुचना जारी गरेको छ! दुताबासको सुचना यस्तो छ!
सूचना
निम्न नेपाली राहदानी आवेदकहरुको नयाँ राहदानी यस राजदूतावासमा प्राप्त भएकाले पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिद सहित राजदूतावासमा सम्पर्क गर्नुहोला । दमाम, जुबेल तथा खाेबरका राहदानी अावेदकहरुले पूर्वी क्षेत्रमा रहेका नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरिप्रसाद घिमिरेलाई सम्पर्क गर्नुहाेला।
नयाँ राहदानी बनाउन राजदूतावासमा आवेदन दिनेहरुका लागि आवश्यक कागजातहरु:
१. हस्त लिखित राहदानी हुनेहरुले नेपाली नागरिकताको सक्कल प्रति र पुरानो
हस्त लिखित राहदानी
२. MRP राहदानी हुनेहरुले नेपाली नागरिकताको सक्कल वा सोको फोटोकपि र पुरानो MRP राहदानी
राहदानीका लागि आवश्यक राजश्व दस्तुर
राहदानीको नियमित नवीकरण गरेमा – २०० साउदी रियाल
हराएको ( हराएमा पुलिस रिपोर्ट र कम्पनीको सिफारिसपत्र साथमा ल्याउने) वा बिग्रिएको राहदानी भएमा – ४०० साउदी रियाल नेपाली राजदूतावास, रियाद । ११ असोज २०७७


