कतार बाट छुट्टीमा नेपाल आउनुभएको छ? कतार कसरी फर्कने ? कागजपत्र के के चाहिन्छ?

0
37

कतार बाट छुट्टीमा नेपाल आउनुभएको छ? कतार कसरी फर्कने ? कागजपत्र के के चाहिन्छ?

कतार सरकारले गएको अगष्ट देखि आप्रवासी नागरिकहरूलाई प्रवेश दिने निर्णय गरेसँगै यतिबेला कतार फर्कनेको संख्या बढिरहेको छ!  त्यसका लागि सरकारले कम जोखिम भएका देशहरूको सूची जारी गरिरहेको छ र त्यसलाई हरेक दुई हप्तामा फेरबदल गर्दै आईरहेको पनि छ! त्यस्ता देशहरूको नागरिकहरू ७ दिन होम क्वारेन्टाइनमा बस्नेगरी गरी कतार आउन पाउँछन्!

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

तर कम जोखिम भएको देशको सूचीमा नपरेका नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश का कम तलब भएका कामदारहरु कामदारका लागि भने कतार फरकमा त्यति सहज छैन! अझै कम्पनीको कार्यालय सम्म पहुँच नै नभएका कामदारहरु अहिलेको स्थिति मा कतार फर्कन असम्भव जस्तै देखिन्छ! यद्यपि केही प्रक्रिया पूरा गर्नसकेको अवस्थामा कतार फर्कन सकिन्छ!

ईन्ट्री परमिट निकाल्नुहोस

कतार अाउन सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा ईन्ट्री परमिट निकाल्नु हो! यो परमिट विना अहिले कतार प्रवेश गर्न मिल्दैन! कतार पोर्टलको साइटमा गएर ईन्ट्री परमिट आफैले पनि निकाल्न सकिन्छ तर त्यसको लागि आफ्नै आइडीबाट निकालिएको सिम एक्टिभेट हुनुपर्छ! ईन्ट्री परमिटका लागि आफूले प्रयास गर्दा प्राथमिकतामा पर्ने सम्भावना कम हुने भएको हुँदा आफ्नो कम्पनीलाई निकाल्न लगाउँदा धेरै राम्रो हुनेछ!

तत्कालको लागि स्वास्थ्यकर्मी, विभिन्न सरकारी र अर्धसरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा ईन्ट्री परमिट दिइनेछ! परमिटको समयावधि एक महिनाको हुनेछ! ईन्ट्री परमिट निस्केको एक महिनाभित्र कतार आउन नसके पुनः अर्को परमिट निकाल्नुपर्ने हुन्छ!

श्रम स्वीकृति निकाल्नुहोस्

परमिट निस्केको खण्डमा श्रम स्वीकृति लिनुपर्ने हुन्छ! श्रम स्वीकृति लिने प्रक्रिया पनि पहिलेको भन्दा केही झन्झटिलो रहेको छ! वैदेशिक रोजगार विभागको नयाँ नियम अनुसार अहिले नयाँ तथा पुरानो श्रम स्वीकृति लिनका लागि आफ्नो कम्पनीबाट नो अब्जेक्सन लेटर निकालि आफू काम गर्न जाने देशमा रहेको नेपाली दूतावासलाई नेपाली दूतावासबाट त्यसलाई प्रमाणित गर्नुपर्छ!

हवाई टिकट लिनुहोस्

परमिट र श्रम स्वीकृतिको काम भइसकेपछि हवाई टिकट लिनुहोस्! यतिखेर नेपाल देखि कतार एयरवेजले हप्तामा तीन वटा उडान गरिरहेको छ! टिकट को लागि नेपालमा रहेको कतार एयरवेजको कार्यालयमा सम्पर्क गर्नुहोस्!

 

क्वारेन्टाइन होटेल बुकिंग गर्नुहोस् 

टिकट लिई सकेपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न होटल बुकिंग गर्नुहोस् !कतार सरकारले कम तलब भएका कामदारहरूको लागि मेकाईन्स/ मुकायनिसमा छुट्टै होटल क्वारेन्टाइन व्यवस्था गरेको छ! डिस्कोभर कतारको वेबसाईटमा गएर डेबिट/ क्रेडिट कार्डमार्फत होटल बुकिङ गर्न सकिन्छ! १४दिनमा होटलमा बस्न २,१६९ रियाल भन्दा माथि पर्ने छ! त्यसमध्ये होटल बसाइको अन्तरालमा होटलको कुनैपनि सामान क्षति नभए ७ सय रियाल फिर्ता पाइने छ! एउटै कम्पनीको कामदार मिलेर बुकिंग गर्दा केही फाइदा हुनेछ!

७२ घन्टाभित्र नतिजा आउने गरी पिसिआर परीक्षण गर्नुहोस्

कतार पुग्न ७२ घण्टाभित्र नतिजा आउने गरी कतार एयरवेजबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पिसिआर परीक्षण गर्नुपर्ने छ! परीक्षण नतिजा पोजेटिभ आए कतार फर्कन पाइदैन! सबै मापदण्ड पुरा गरि सम्पूर्ण कागजातहरु विमानस्थलमा बोर्डिङको समयमा पेश गर्नुपर्ने हुन्छ! यी मापदण्डअनुसार कागजात नमिले कतार फर्कन पाइने छैन!

सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

Previous articleExit Visa लागेका व्यक्तिहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सुचना सहित
Next articleनायिका ऋचा शर्माको प्रधानमन्त्री ओलीलाई पत्र