कुल जनसंख्या भन्दा बढी कोरोना परिक्षण गरेर युएईले राख्यो विश्व किर्तिमान
कोभिड १९ परीक्षणको मामिलामा संयुक्त अरब ईमिरेट्स आफ्नो देशको कुल जनसंख्या भन्दा धेरै परीक्षण गर्ने संसारकै पहिलो देश बनेको छ। करिब ९८ लाख कुल जनसंख्या रहेको युएईमा अहिलेसम्म १ करोड ३ लाखको कोभिड १९ परीक्षण भईसकेको छ। गएको ३० सेप्टेम्बरदेखि ६ अक्टोबरसम्मको एक साता भित्र मात्रै युएईमा ७ लाख २० हजार ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ। यो अघिल्लो साताको तुलनामा १६ प्रतिशतले बढि हो।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
यस अवधीमा ८ हजार १८ जना रोगमुक्त भएको युएईको स्वास्थ मन्त्रालयले जनाएको छ। जुन अघिल्लो साताको तुलनामा २४ प्रतिशतले धेरै हो। लकडाउन खुलाए पनि महामारी नियन्त्रणका लागि युएई सरकारले कडाईका साथ लागू गरेको सुरक्षा , सावधानी एवं जरिवानाका कारण युएईमा पछिल्लो समय निको हुनेहरुको संख्या बढ्दै गएको छ।

बिहिवार मात्रै यहाँ १ हजार ७ सय ६९ जना संक्रमितमुक्त भएको युएईको स्वास्थ मन्त्रालयले जनाएको छ। यो संगै अहिलेसम्म संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९३ हजार ४ सय ७९ पुगेको छ भने कुल संक्रमित १ लाख २ हजार ९ सय २९ पुगेका छन। मृत्यु हुनेहरुको संख्या ४ सय ३८ पुगेको छ।


