नायिका ऋचा शर्माको प्रधानमन्त्री ओलीलाई पत्र

नायिका ऋचा शर्माको प्रधानमन्त्री ओलीलाई पत्र

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई ला’ज लाग्न थालेको छ ड’र लाग्न थालेको छ, मन आ’त्तिन थालेको छ। ती अ’बोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पो’लेर आउँछ,। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने ड’र लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने ड’र लाग्न थालेको छ ।

मलाई भोली छोरा पाउन नि ड’र लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पी’र पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बला’त्कार गर्ने भ’क्षकहरु या त खुलेआम हिडेको या ‘ढा’कछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई ला’ज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा ब’लात्कार जस्तो जघ’न्य अप’राधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछ’डिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम रा’क्षसहरुले भो’ग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ ।

जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला ड’गमगाउदैछन। बाँकी तपाईहरु बुझकी! निवेदक एक आम नेपाली नारी ऋचा शर्मा

रत्ननगरका २०० पशुपालक कृषकलाई प्रशिक्षण

Previous articleबजाजले दशै संगै सार्वजनिक गर्यो मोटरसाइकलको मुल्य (मुल्यसहित)
Next articleकुल जनसंख्या भन्दा बढी कोरोना परिक्षण गरेर युएईले राख्यो विश्व किर्तिमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।