उज्यालो नेपाल, असोज २६- मलेशियाको सुवाङ्गको, ग्लेनमरीमा सार्वजनिक पार्कमा सात महिना देखि अ’लपत्र बस्दै आएका नेपाली आमा छोरा नेपाल फर्किएको समाचार बाहिरिए पछी उक्त समाचार पढ्ने धेरै जनाको मनमा प्रश्न जन्मियो! आखिर ५ वर्षीय बच्चा सहित ति महिला कसरी अल’पत्र परिन? रोजगारीको लागी मलेशिया पुगेकी महिलाले छोरा कसरी जन्माईन्?
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

धेरैको मनमा अहिले यहि प्रश्नले डेरा जमाएको छ! यस अघि उज्यालो नेपालमा पनि प्रकाशित “मलेसियाको पार्कमा छा’प्रो बनाएर बसेका नेपाली आमाछोराको उ’द्धार गरि नेपाल पठाईयो” समाचारमा धेरै जनाले कमेन्ट गरेर यहि प्रश्न सोधेका छन् ! मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अ’थक प्रयास पछि सविना र उनका छोराको सकु’शल उद्धार भएको थियो ! उनीहरु शुक्रवार हिमालयन एयरलाइन्सको उडानबाट नेपाल फर्केका हुन् ।

यस्तो थियो सविनाको कथा
वर्ष ४० कि सविना राई (कट्वाल) आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अ’लपत्र अवस्थामा थिईन । उनी राजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अ’लपत्र रुपमा बसेकी थिईन्। मा’नसिक अव’स्थामा केहि अ’सन्तुलन भएकी सविना आफ्नो छोरा सहित वो’राले वारेको छा’प्रोमा विगत ६ महिनादेखि अ’त्यन्त दय’निय अव’स्थामा बसेकी थिईन् । सविना र उन्को छोरालाई उद्दार गर्न मलेसियामा भएका नेपालीहरुबाट निकै पहल भएपनि अहिले सम्म सफल हुन सकेको थिएन ।

गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बू लगायतको पहलमा सविना र उनको छोरालाई नेपाली रेष्टुरा’मा लगेर राखिएको थियो । तर उनी त्यहाँ बस्न नमा’नेर फेरी उक्त पार्कमा छोरा लिएर फर्किएर आईन् । सविनाले लिम्बूलाइ वताएअनुसार, उनको आफ्नो घर नेपालमा ओखलढुङ्गा पात्ले गाउँ वडा नं ७ हो र बुवाको नाम विष्णु बहादुर राई हो ।

उनी पाँच बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोरवारु स्थित एक कम्पनीमा आएकी थिइन् । पछि सविना कम्पनीबाट निस्कीएर रेष्टुरामा काम गरेकी थिइन् । उनले त्यही समयमा छोरा जन्माएकी हुन् । छोराको बाबुको वारेमा सविनालाई धेरै हे’क्का नभएको र उनले नै मा’गेर छोराको हेरविचार गरीरहेकी थिईन् । नेपालमा पनि सविनाको पहिलो विहेबाट करीब अठार, उन्नाईस वर्षकी छोरी पनि रहेको बुझिएको छ ।

उद्धार गरी नेपाल पठाउने कार्यमा सविनाले गरेको ईन्का’रका कारण स’मस्या भएकोमा लामो समयसम्मको परा’मर्शपछि उनी नेपाल फर्किन मानेको लिम्वूले बताइन् । सविनाको परिचय खुलेपछि उ’द्धारका लागि आवश्यक कागजपत्र जुटा’उन पनि धेरैले दौ’डधु’प गर्नु परेको थियो । यसैगरी सविनाको उपचार र बस्ने प्रवन्ध मिलाउन पनि धेरै चु’नौतिपूर्ण भएको उनको भनाई छ ।


