वडाध्यक्षको ‘पावर देखाउन’ जनताको घरमा डोजर लगाइयो! (भिडियो हेर्नुहोस्)

वडाध्यक्षको ‘पावर देखाउन’ जनताको घरमा डोजर लगाइयो! (भिडियो हेर्नुहोस्)

नेपालगञ्ज नगर क्षेत्रभित्र दशकौंदेखि सुकु’म्वासी बस्तीमा आ’श्रय लिंदै आएका ग’रिब परिवारको घरमा स्थानीय सरकारले डोजर लगाएको छ । पी’डित परिवारका अनुसार, छिमेकीलाई बाटो दिलाउने विषयमा चलेको वि’वादमा वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नो ‘पा’वर देखाउन’ डोजर लगाएर स्वा’र्थ सिद्ध गरिएको हो । यसले छिमेकीबीच क’टु’ता पनि बढेको छ ।

सुकुम्बासी वस्तीमा छिमेकी छब्बन मनियारको घरका लागि बाटो दिने क्रममा उत्पन्न वि’वादमा अनु’चित रकम माग गरेका वडाध्यक्ष कृष्ण कार्कीले रकम दिन नस’क्ने बताएपछि ‘पा’वर देखाइदिने’ ध’म्की दिएको पी’डित परिवारको दा’वी छ । अनु’चित रकम समेत माग गरेको दा’वी रज्जा मनिहारको छ । यसबारे कार्कीको धारणा बुझ्न पत्रकारको सम्पर्क प्रयास सफल हुन सकेन ।

दुई साताअघि नेपालगन्ज उपमहानगरपालिकाको द’लब’लसहित वडाध्यक्ष कार्की सुकु’म्बासीका झु’पडीमा पुग्दा महिलाहरुमात्रै रहेकाले प्रति’वाद गर्न सकेनन् । ‘कम्तिमा केही समय त दिनुपथ्र्यो नि’, साहिर अली मनिहारले भने, ‘निकै उ’ग्र रुपमा आएका उनीहरुले घरका दुई झु’पडीलाई डोजर लगाए ।’

त्यो बेला आफु रु’नु करा’उनु बाहेक केही गर्न नसकेको दुखेसो सुनाउँदै रज्जा अली मनिहारको भनाइ थियो, ‘रकम दिन नमानेकै कारण हाम्रो घर भत्काइएको हो ।’

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले छब्बनको घरका लागि बाटो दिने निर्णय गरिएको बताइन् । ‘तर, घर भ’त्का’उने निर्णय गरिएको होइन, यसबारे मेयर साबले सकारात्मक पहल लिनु भएको थियो,’ उपप्रमुख थापाले भनिन्, ‘थप कुरा उहाँबाटै बुझ्न सकिन्छ ।’ (समाचार, भिडियो तथा तस्वीर दैनिक नेपालगञ्जबाट साभार गरिएको हो ।)

संवैधानिक परिषद्को बैठक आज बस्दै

Previous articleमन्त्रिपरिषद्‍ पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री, रक्षाबाट ईश्वर पोखरेल हटे
Next articleयुएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।