यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

काठमाडौं– दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। भन्सार ऐन २०६४ को दफा ९, उपदफा (३) ले २०७७ जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुहरुले आफ्नो साथमा ल्याउन पाउने निजी प्रयोगका मालवस्तुका सम्बन्धमा देहायबमोजिमको व्यबस्था गरेको छ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

निम्न सामग्री ल्याउँदा भन्सार शुल्क पूर्ण छुट हुनेछ! लुगाफाटा, बिच्छ्यौना, घर गृहस्थीका पुराना सामान औषधि उपचार गराई फर्किएका बिरामीले ल्याएका औषधि शारीरिक रुपमा अशक्त व्यक्तिले सहाराका रुपमा प्रयोग गरेका सामान ट्याबलेट, ल्यापटप, डेस्कटप, कम्प्युरटर, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ (बढीमा एक/एक थानसम्म) ल्याउन पाईन्छ !

त्यस्तै बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल (बढीमा एक/एक थानसम्म) पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान्य प्रकारका सामानहरु (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीका खेलकुदसम्बन्धि सामान जस्तैः ब्याडमिन्टन सेट, फुटबल, भलिबल, गितकार तथा संगितकारको सामान्य बाजा जस्तैः गितार, हार्मोनियम, तबला जस्ता सामाग्रीहरु)। तर यी सामान पनि बढीमा एक एक थान मात्र भन्सार छुटमा ल्याउन पाइन्छ।

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

७ किलोसम्म खाद्यान्न मदिरा १ लिटरसम्मको एउटा बोत्तल सुनको गहना ५० ग्रामसम्मका, चाँदीको गहना ५ सय ग्रामसम्म र १ लाख मूल्य रुपैयाँसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन। माथि उल्लेखित मदिरा र सुन बाहेकका सामान तोकिएकोभन्दा केही मात्रामा बढी ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक, समयावधिसमेतलाई हेरी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडिदिन सक्ने व्यवस्था गरिएको छ।  सुन र मदिराको हकमा तोकिएभन्दा बढी ल्याएमा जफत गरी ऐनअनुसार कारबाही हुने भन्सार कार्यालयले जनाएको छ।

विदेशबाट फर्कँदा भन्सार तिरेर कुन–कुन सामग्री ल्याउन पाइन्छ?

टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो (बढीमा एक/एक सेट) शरीरमा लगाउने लुगाफाटो, जुत्ता, कस्मेटिक्स आदी बढीमा (पन्ध्र थान) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल, इस्त्री, राइस कुकर) जस्ता दुई-दुई थान, १० किलोसम्म खाद्य परिकार व्यावसायीक पेशामा लागेका (डाक्टर, इन्जिनियर ) जस्ता यात्रुको दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान दुई/दुई थान ल्याउन पाईनेछ !

माथि तोकिएको भन्दा बढी सामान ल्याउँदा भने तोकेबमोजिमको भन्सार तिर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। तर कुनै यात्रुले भन्सारमा जानकारी नदिई लुकाईछिपाई सामान ओसारेको पाइएमा त्यस्ता सामान जफत गरी कानुनअनुसार कारबाही हुनेसमेत भन्सार कार्यालयले स्पष्ट पारेको छ।

यो पनि पढ्नुहोस्: मु’स्लिम अर’बिक महिलालाई ग’र्लफ्रे’न्ड बनाउदा काठमाण्डौमा मह’ल बन्यो…

सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति

Previous articleपरदेशको सडकमै अस्तायो नेपाली चेलीको सपना: बहिनीको शव बोकेर फर्किए दाजु र दिदी
Next articleविदेश बाट फर्किएको साथीले मोबाईल नदि’एपछि कु’टपि’ट गरि ह’त्या; म’ध्यरा’तमा श’व खोलामा फा’लियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।