साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै, भिडियो तल अन्तिममा हेर्नुहोला !
दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्र’लोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ । दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल लिएको खुलेको हो । अजमिल कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी उनले सो रकम आफ्नो नाममा पठाउन लगाएको प्रवासी नेपाली एकता मञ्च साउदीका रामचन्द्र वाग्लेले खबरहबलाई जानकारी दिए ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

पी’डित नेपालीहरुले आफूहरु दूतावासकै कर्मचारीबाट ठ’गिएको भन्दै प्रवासी नेपाली एकता मञ्चमा निवेदन दिएपछि ठ’गी गर्ने कर्मचारीबाट पैसा फिर्ता गराउन सफल भएको वाग्लेले बताए । मिश्रले रायमार्फत ९ हजार ४ सय रियाल फिर्ता गरेको र सो रकम ३० जनालाई जनही ३ सय दिएको तथा बाँकी ४ सय रियाल रायलाई नै जिम्मा दिएको उनले बताए ।
यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

मिश्रले साउदीस्थित नेपाली दूतावासको अनुरोधमा आवासीय अनुमतिपत्र (अकामा) नवीकरण नगरेका तथा नबनाइएका नेपालीहरुलाई नि:शुल्क दिने बर्हिगमन भिसाको पैसा लिएको बताएका छन् । मिश्रले रायलाई भरि’याका रूपमा प्रयोग गरी नेपालको नम्बर ९८४४२२२६७१ प्रयोग गरि इमोबाट ठ’गी ध’न्दा गरेको हुँदा छा’नवि’न गरि का’रबाही गर्न मञ्चले दूतावासलाई अनुरोध गरेको छ ।

साथै, यो ठ’गीमा को-को संलग्न छन् सबैलाई का’नूनी कार’बाहीको निम्ति मञ्चले माग गरेको छ । कर्मचारीले ग’लत काम गरेको थाहा पाएलगतै यस विषयमा दूतावासले छानविन गरिरहेको जनाएको छ । उनीवि’रुद्ध परेका निवेदन समेत छानविनका लागि सम्बन्धित निकायमा पठाइसकिएको दूतावास श्रोतले जनाएको छ । खबरहब डटकम बाट


