पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा भएको विस्फोटको नेकपाद्वारा निन्दा

0
61

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काभ्रेबाट निर्वाचित सांसद बास्कोटाको घरमा आज बिहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटबाट घरका झ्यालका सिसाहरू फुट्नुका साथै पर्खाल भत्किएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

The post पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा भएको विस्फोटको नेकपाद्वारा निन्दा appeared first on Koshi Online.

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन शुरु

Previous articleवार्ताभन्दा पक्राउमा ध्यान
Next articleचीनको ताक्लाकोटमा ठूलो संख्यामा नेपाली अलपत्र, गर्भवती महिला र बालबालिकाद्वारा उद्धारका लागि अपील