किड्नी फेरेपछि फुलेका जुँगा पनि काला हुन थाले; अहिले हाच्छ्युं समेत आउंदैन

0
43

किड्नी फेरेपछि फुलेका जुँगा पनि काला हुन थाले; अहिले हाच्छ्युं समेत आउंदैन

नेकपा वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालुवाटार आउन खबर गयो। बिहान खबर आएपछि वरिष्ठ नेता नेपाल पनि आफूनिकट तीन स्थायी कमिटी सदस्यहरू लिएर मध्यान्ह बालुवाटार पुगे। वरिष्ठ नेता नेपालसँगै स्थायी समिति सदस्य भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

छलफलमा प्रधानमन्त्रीका तर्फबाट भने उनीमात्रै थिए। सुरूमा उनले पार्टी संकटमा परेको, फुटको संघारमा पुगेको भनेर लामो व्याख्या गरे। ‘त्यस्तो ठोस कुरा केही भएन। प्रधानमन्त्रीले लामो गनगने कुरा गर्नुभयो। पार्टी फुटको संघारमा छ जस्तो कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने,’यस्ता गनगने र तपसिलका कुराले के हुन्छ र? भनेर हामीले भन्यौं। पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले तपाईंनै लचिलो हुनुपर्छ भनेर भनेका छौं।’

तीन घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले पार्टी समस्याकै बारेमा कुरा गरे। वरिष्ठ नेता नेपाल र उनीसँगै गएका नेताहरूले पार्टी बैठक, विधि र विधानका कुरा गरे। सुरूमा आफ्ना धारणा राखेका प्रधानमन्त्री ओलीले नेपाल पक्षका कुरा सुनिसकेपछि छोटो कुरा गरे। जुन अरूले सोचेभन्दा बिल्कुलै फरक थियो।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नआँक्न समेत भनेको एक नेताले बताए। उहाँले लास्टमा रमाइलो कुरा भन्नुभयो। दोस्रोपल्ट मेरो किड्नी परिवर्तन गरेपछि खै के भएको हो कुन्नि हाच्छ्यूँ पनि आउँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने,’यताउता केही पनि भएको छैन। तरल र ताजा पनि छु, झन-झन बलियो भएको छु।’

प्रधानमन्त्री ओलीले आफ्ना जुंगा पहिला सबै सेता आउने तर अहिले भने आधा कालो भएर आउन थालेको समेत बताएको ती नेताले बताए। मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, मेरो पनि त भूमिका होला नि भन्नुभयो। अब बुझी त हाल्नुभयो नि,’ ती नेताले भने। गत फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार

Previous articleलोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)
Next articleविदेशमा नेपालीको वि’तण्डा बढ्दै: र’क्सीले टि’ल्ल भएका गणेशले परदेशमै गरे आरतीको ह’त्या