साउदीमा Exit Visa को लागी निवेदन दिने बारे अ’त्यन्त जरुरी सुचना, सम्पूर्ण प्रक्रिया सहित
उज्यालो नेपाल, कार्तिक २४, चितवन- नेपाल बाट वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियाको विभिन्न ठाउँमा काम गरि बसेका नेपाली नागरिकहरुलाई नेपाली दुताबास रियादले अ’त्यन्त जरुरी सुचना जारी गरेको छ! साउदीको विभिन्न स्थानमा कार्यरत नेपाली नागरिकहरू मध्य स्वदेश फर्कन चाहेका तर अकामा नबनाईएका वा अकामा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा (Exit Visa) समेत प्राप्त गर्न नसकेर स’मस्यामा रहेकाहरुको लागी उक्त सुचना जारी भएको हो!
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

सुचनामा बहिर्गमन भिसा (Exit Visa) प्राप्त गर्न गर्नुपर्ने काम बारे जानकारी दिइएको छ! त्यस्ता व्यक्तिले कँहा, कसरी र कहिले सम्ममा सम्पर्क राख्ने उक्त सुचनामा जनाइएको छ! बहिर्गमन भिसा (Exit Visa) प्राप्त गर्नको लागी आवश्यक पर्ने कागजातहरु ( पासपोर्टको कपि, आकामाको कपि) लगायत कागजात दुताबासले उपलब्ध गराएको Whatsapp नम्बरमा पठाउन अनुरोध गरिएको छ! दुताबासको सुचनाको पुरा विवरण यस्तो छ!
बहिर्गमन भिसा (Exit Visa) को लागी निवेदन दिने सम्बन्धी जरुरी सूचना

नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया आई यहाँका विभिन्न स्थानमा कार्यरत नेपाली नागरिकहरू मध्य स्वदेश फर्कन चाहेका तर अकामा नबनाईएर वा अकामा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन Exit Visa समेत प्राप्त गर्न नसकेर अ’लपत्र भई रोकिएकाहरुले मिति: २०७७/०७/२९ (१४ नोभेम्बर २०२०) गतेभित्र अनिवार्यरुपमा यस राजदूतावासको Whatsapp number 0500021409 मा निम्न कागजात र विवरणहरु पठाउन अनुरोध गरिन्छ! कम्पनीबाट बहिर्गमन भिसा (Exit Visa) लाग्ने प्रक्रियामा रहेकाहरुले यो प्रक्रियाका लागि कागजात नपठाउनु हुन अनुरोध छ

पठाउनुपर्ने कागजातहरु
- पासपोर्टको कपि (आफ्नो फोटो टाँसिएको पाना)
- आकामाको कपि (आफ्नो फोटो भएको पट्टी)
- सुरुदेखि नै आकामा नबनाएको भए पासपोर्ट मा लेखिएको बोर्डर नं. ( पासपोर्टमा अरबिक भाषामा लेखिएको नम्बर)
- आफ्नो सम्पर्क नम्बर (Whatsapp भएको नम्बर)

यस्तो कागजात पठाउँदा आफ्नो अकामा को अवधि समाप्त भएको हुनुपर्नेछ! अकामाको म्याद रहेको भएतापनि कम्पनीहरुले हुरुब लागेकाहरुले माथिको विवरण पठाउन सकिने छ तर कुनै मुद्दामामिला परेको अवस्थामा सो को टुं’गो नलागेसम्म यस्तो पहिलो बहिर्गमन भिसा (Exit Visa) नलाग्ने भएकाले त्यस्तो व्यक्तिले कागजात नपठाउनु हुन समेत अनुरोध गरिन्छ!

नोट: बहिर्गमन भिसा (Exit Visa) को सम्पूर्ण प्रक्रिया निःशुल्क भएको ब्यहोरा सम्बन्धित सबैलाई पुनः जानकारी गराइन्छ! यो सूचना आफ्ना साथीभाइ र सम्पर्कका व्यक्तिहरु सम्म पुर्याउन सहयोग गरिदिनुहुन अनुरोध छ ! नेपाली राजदुताबास, रियाद


