अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा विजयी कमलादेवी को हुन्? नजिक बाट चिन्नुहोस्

अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा विजयी कमलादेवी को हुन्? नजिक बाट चिन्नुहोस्

काठमाडौं – अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन्। अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी सन्तानका रुपमा इतिहास बनाएकी कमला ह्यारिसले सम्भावनाको सुरुवात भएको बताएकी छन् । डेलवरको विलमिङ्गटनमा जित पछिको पहिलो सम्बोधनमा उनले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताएकी छन् ।

उनले कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको र त्यसको सुरुवात भएको बताइन् । यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। अमेरिकी निर्वाचनमा इतिहास बनाउन सफल कमला को हुन् त?भारतीय मूलकी कमला ह्यारिसलाई चिन्न उनकी आमा चिन्नुपर्छ। कमलाले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाटै पाएकी थिइन्।

kamala harris
Sen. Kamala Devi Harris with her mother Shyamala Gopalan and sister Maya Harris. (Mona T Brooks).

उनले जो बाइडेनले आफूलाई उपराष्ट्रपतिका रुपमा चयन गरेर शताब्दियौँदेखि रहँदै आएको अवरोधलाई चिरेको उल्लेख गरिन् । उनले उपराष्ट्रपतिका रुपमा बाइडेनलाई सहयोग गर्न हरेक दिन तयार रहने बताइन् । बाइडेन ‘हिलर’ रहेको बताइन् । उनले सम्बोधनमा आफ्नी आमा समला गोपालन ह्यारिसको स्मरण गरिन्, जो १९ वर्षको उमेरमा भारतबाट अमेरिका गएकी थिइन् । उनकी भारतीय आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनु पर्छ भन्ने पाठ पनि घोकाएकी थिइन्।

us vice president kamala devi harris
Kamala Devi Harris (right) with mother Shyamala Gopalan (left) and aunt Sarala Gopalan in a family picture taken in 2005. – Special Arrangement

सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ? पक्कै पनि श्यामला गोपालनको जसले उनकी छोरीलाई आफूजस्तै योद्धा बनाएर हुर्काएकी थिइन्। सन् १९६० दशक उदय हुँदै गर्दा बर्क्लेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा ह्यारिसका आमाबुवा विद्यावारिधि गरिरहेका थिए। त्यतिबेलै उनीहरू एकअर्कासँग नजिकिए। जमाइकाबाट आएका पिता डोनाल्ड ह्यारिस अर्थशास्त्रका विद्यार्थी थिए। आमा गोपालन पोषण र ग्रन्थी र हर्मोनसँग सम्बन्धित ‘इन्डोक्रिनोलोजी’ विषयकी छात्रा।

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन्।(पहिले प्रकाशित यो समाचार सामग्री अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको प्रक्षेपणपछि ८ नोभेम्बर २०२० आइतबार अध्यावधिक गरिएको हो।)

Shayamal harris

अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ।अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्। सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्। कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्। राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो।क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।

ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु

Previous articleसाउदीमा Exit Visa को लागी निवेदन दिने बारे अ’त्यन्त जरुरी सुचना, सम्पूर्ण प्रक्रिया सहित
Next articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।