कतार प्रहरीको नाममा ब्रह्मलुट हुँदै: कतारको टोली मेरियट होटलमा
काठमाडौं। सरकारले खाडी तथा मलेसियामा वैदेशिक रोजगारीका लागि निःशुल्क टिकट र निःशुल्क भिसाको व्यवस्था गरे पनि केही म्यानपावर कम्पनीले कतार रोजगारीमा अर्वौं रुपैयाँ उठाउने योजना बनाइरहेको पाइएको छ । केही सीमित म्यानपावर कम्पनीले कतारको मिनिस्ट्री अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डका लागि ५ सयको संख्यामा माग आएको भन्दै धमाधम अन्तवार्ता लिइरहेका छन्।


३ देखि ६ लाख रुपैयाँसम्म माशिक तलब हुने लो’भ देखाउँदै म्यानपावर कम्पनीहरुले १० देखि १५ लाख रुपैयाँ एकजनाबाट उठाउने तयारी गरेको पाइएको हो। मंगलबार धापासीस्थित एसओएस म्यानपावर कम्पनीमा प्रि अन्तवार्ताका लागि आएका युवाहरुले आफूहरु लाई १० लाख रुपैयाँ लागत लाग्ने कम्पनीका कर्मचारीहरुले बताएको डिसी नेपाललाई जानकारी दिएका छन्।
अन्तर्वार्ता दिनकै लागि डकुमेण्ट बुझाउन उभिएका बुटवलका एक युवकले आफूलाई एजेण्टले फाइनल अन्तर्वार्तामा छनोट भए १० लाख लागत लाग्ने बताएको सुनाए। ‘राम्रो तलब छ। १० लाख बुझाउनु पर्दछ भनेको छ,’ उनले भने। मंगलबार बिहान साढे १० बजे तिर डिसी नेपाल टिम एसोएस म्यानपावरमा पुगेको थियो। त्यहाँ पुग्दा म्यानपावरको गेट बन्द थियो।

गेटमा कम्पनी ५ दिनसम्मका लागि बन्द रहेको सूचना टाँसिएको थियो। सूचनामा लेखिएको थियो, ‘यस प्रालीका सञ्चालक सुनिलपाणी गौतमका पीता युवकपाणी गौतमको नि’धन भएको कारणले ५ दिन बिहीबारसम्मका यस प्राली बन्द हुने छ ।’ म्यानपावरको काम बन्द रहेको बताइए पनि सुरक्षा गार्डले सीमित संख्यामा पालैपालो युवाहरुलाई भित्र पठाइराखेको देखिन्थ्यो।
भित्र कामहरु भइरहेको जोकोहीले सहजै अनुमान गर्न सक्थ्यो। करिव १ सयजना युवाको भीड बाहिर थियो। योभीड क्रमशः थपिंदै थियो। केही युवाहरुले प्रि– अन्तर्वाताका लागि भरिएको फारम भित्र बुझाउन खोजिरहेका थिए। केहीले भने नजिकैको फोटोकपी सेन्टर तथा फोटो स्टुडियोमा आफ्ना डकुमेण्टहरु तयार गरिरहेका थिए।

डिसी नेपालका प्रतिनिधिले पहिचान लुका’इ त्यहाँ भीडमा रहेका केही युवा तथा म्यानपावरका एजेण्टहरुलाई कतार प्रहरीको रोजगारी बारे चाँसो राखेका थिए । त्यहाँ भेटिएका कैलालीका उपेन्द्र ओझाले कतार प्रहरीका लागि डिमाण्ड आएको सुनेपछि आफू अन्तर्वार्ता दिन आएको बताए। ‘कतार पुलिसका लागि डिमाण्ड आएको भन्ने सुनेको थिएँ। अहिले प्रि– अन्तर्वार्ता चलिरहेको भन्ने थाहा पाएपछि त्यसैका लागि यहाँ आएको हुँ,’ उनले भने।

ओझाले आफूले बहराइनमा सुरक्षा गार्डको काम गर्दै आएको बताए। विदामा आएको बेला कतारमा आकर्षक तलबसहितको रोजगारीको अवसर खुलेको जानकारी पाएसँगै अन्तर्वार्ता दिन लागेको उनको भनाइ थियो। कम्पनी बाहिर होटलमा बसेका ३जना व्यक्तिहरुले फोन गरेर कसैलाई कतार प्रहरीका लागि डिमाण्ड आएको र तुरुन्तै अन्तर्वार्ताको लागि आउन भनिरहेका थिए।

डिसी नेपालले उनीहरु नजिकै गएर कुन देशको लागि अन्तर्वार्ता भइरहेको छ ? भनेर जिज्ञाशा राखेको थियो । उनीहरुले कतार प्रहरीमा ५ सय जना नेपाली युवाको लागि रोजगारी खुलेको बताए । उनीहरुले आफूहरु म्यानपावरकै कर्मचारी भएको पनि बताए । ३ लाखभन्दा बढी तलब हुने समेत सुनाए। जान इच्छुक भए अन्तर्वाताको लागि फारमा भर्न समेत भनियो। म्यानपावर बन्द रहेपनि आफूहरुले डकुमेण्ट भित्र पुर्याइदिने उनीहरुको भनाइ थियो।
आफूलाई म्यानपावरकै कर्मचारी बताउने राजु लामाका अनुसार पहिला म्यानपावरका कर्मचारीले प्रि– अन्तर्वार्ता लिने र पास भएमा फाइनल अन्तर्वार्तामा समावेश गराइने छ। आकर्षक रोजगारी भएकोले प्रि–अन्तर्वातामा सबैलाई सामेल नगराइने पनि उनले बताए। ‘५ सय जनाको मात्रै डिमाण्ड छ। सबैलाई अन्तर्वार्तामा समावेश गराउने अवस्था छैन।

किनभने राम्रो तलब हुनेभएपछि थुप्रैले आवेदन दिन खोज्छन’ उनले भने, ‘चिनजानको थु्र आएकाले मात्रै अन्तर्वार्ताको अवसर पाउँछन।’ अहिले प्रि–अन्तर्वार्ता लिइने र फाइनल अन्तर्वार्तामा छनोट भएमा ८ लाखभन्दा धेरै खर्च लाग्ने उनको भनाइ थियो। नाम उल्ले ख नगर्ने शर्तमा अर्का एजे’ण्टले पनि कतार प्रहरीका लागि प्रि–अन्तर्वार्ता चलिरहेको बताए।

आफ्नो भित्रसमेत सेटिङ रहेकोले जान चाहे अन्तर्वार्तामा छनोटको लागि आफूले विशेष सहयोग समेत गर्ने उनको भनाइ थियो। कतार रोजगारीमा ठूलो आर्थिक चल’खेल रहेको आ’शं’का छ। यसमा कतारकै अधिकारीहरुको पनि संलग्नता हुन सक्ने देखिएको छ। मंग लबार वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मा’र्दा कतार दूतावासको गाडीसमेत फेला परेको छ।

सो म्यानपावर कम्पनीले अ’वैधरुपमा अन्तर्वार्ता लिइरहेको स्थानमा कतारी दूतावासका कर्मचारी त्यहाँ किन पुगे भन्ने विषय रह’स्यमय बनेको छ। यसअघि विभागले सोमबार पनि दुईवटा म्यानपावर कम्पनीमा छापा मा’रेको थियो। धापासीस्थित एसओएस र गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्स कम्पनीमा छापा मा’रेको थियो। ती दुई कम्पनी मध्ये डीडीमा करिब ४ सय युवाहरुले अन्तर्वार्ता दिइरहेका थिए।
उता एसओएसमा भने अन्तर्वार्ता शुरु भएको थिएन, तर युवाहरु अन्तर्वार्ताका लागि तयारी अवस्थामा थिए । ती दुबै कम्पनीबाट केही कागजात ज’फत गरेर विभागले दुबै कम्पनीलाई मंगलबार विभागमा सम्पर्क गर्न भनेको थियो। तर, एसओएसका सञ्चालक विभाग त पुगेनन् नै उल्टै मंगलबार पनि प्रि- अन्तर्वार्ताको तयारी भइरहेको थियो।

कामदार विदेश पठाउनका लागि म्यानपावर कम्पनीले श्रमिकको मागपत्र श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट प्रमाणीकरण गराउनु पर्दछ । दूतावासबाट प्रमाणित गराइसके पछि वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ। त्यस्तै अन्तर्वार्ता लिइने मितिको बारेमा पनि विभागलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्दछ।
यी प्रक्रिया पुरा नगरेको पाइएपछि छा’पा मा’रिएको विभागका महानिर्देशक कुमार दाहालको भनाइ छ। डिसीनेपाललाई उ’च्च स्रोतबाट प्राप्त जानकारी अनुसार कतारबाट अन्तर्वार्ता लिनका लागि एक टोली काठमाडौं आइसकेको छ। उक्त टोली होटल मेरियटमा बसि रहेको स्रोतले बताएको छ। डिसी नेपालवाट साभार
लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी


