भिजिट भिषामा विदेश जानेलाई झन् क’डा नियम: २० लाख बिमा, एसएलसी पास र अंगेजी भाषा अनिवार्य
काठमाडौं (कास)– सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव त’स्करीमा संलग्न गि’रोहले युवालाई विदेश
पुर्याउने गरेका घट’ना बढ्न थालेपछि सरकारले क’डाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल
एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव त’स्करी बढेको सरकारको नि’ष्कर्ष छ ।

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाई टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बिमा र न्यूनतम एसएसलीसरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ । खा’डी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवै’ध रूपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान छ ।

कार्यविधि संशोधनपछि भिजिट भिसामा गएर अल’पत्र परे बिमा रकमबाटै उद्धार, उपचार र अन्य बन्दोबस्तीमा खर्च गर्न सहज हुनेछ । अध्यागमन कार्यविधि संशोधनको मस्यौदा बनाएर छिट्टै गृह मन्त्रालयमा पठाइने महानिर्देशक रमेश केसीले बताए । अहिलेको कार्यविधिअनुसार प्रक्रिया पुर्याएर आएका भिजिट भिसा वाहकलाई कि’टान गरेरै कारबाही गर्ने भन्ने कुनै प्राव’धान छैन ।

तर यसरी जानेको हकमा अध्यागमन अधिकृतलाई शं’का लागे कागजातमाथि छानबिन गरी कार’बाही अघि बढाउन सकिन्छ । भिजिट भिसाका नाममा मानव त’स्करले रकम असु’लेर नेपाली युवालाई विदेश पठाउने गरेको र त्यसमा सरकारी कर्मचारीकै मि’लेमतो रहेको उजु’री परेपछि गृह मन्त्रालयले विमानस्थलस्थित १४ जना अध्यागमन अधिकृतलाई एकै पटक सरुवा गरेर छा’नबिन थालेको छ ।




