पासपोर्ट Renew गर्नका लागी साउदीको जुबेलमा कार्यालय संचालन हुने, मिति र समय कहिले?? नामावली तल अन्तिममा हेर्नुहोला
उज्यालो नेपाल, मङ्सिर २४, काठमाडौँ- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै साउदीको विभिन्न स्थानमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । यसै क्रममा साउदीको जुबेलमा अस्थाई कार्यालय संचालन हुन लागेको हो! नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै जुबेलमा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो! सोही आग्रह बमोजिम आवेदन दिएका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!
जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने स्थानसम्बन्धी सूचना !

यसैसाथ संलग्न लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ११ डिसेम्बर २०२० मा जुवेलको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । यो लिष्ट, यसअघि राजदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाउनु भएका सेवाग्राहीहरूको हो ।
अस्थायी कार्यालय राख्ने
मिति: शुक्रबार ११ डिसेम्बर २०२०
स्थानः एभरेष्ट नेपाली रेष्टुरेन्ट , जुवेल
समयः बिहान ८ बजे देखि

यँहा क्लिक गरेर अस्थाई कार्यालय संचालन हुने एभरेष्ट नेपाली होटलको लोकेसन हेर्न सक्नुहुनेछ!
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
- सक्कल राहदानी
- राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
- नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
- राहदानी दस्तुर साउदी रियाल- २००।–
- हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

महत्वपूर्ण नोटः कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको छ । एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुनुहुन विशेष अनुरोध छ । यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु हुन समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद ०८ डिसेम्बर २०२०




