मलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु
आरएन चौधरी थारु, मलेसिया । वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृ’त्यु भएको छ। नेपाल ठेगाना सिन्धुलीको बेलगारी निवासी कमान सिंह तामाङको छोरा उमेर २८ बर्षीय सूर्यबहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सु’त्यासुत्यै अवस्थामा मृ’त्यु भएको जानकारी प्राप्त भएको छ। मलेसियाको जोहोरबारुमा कोठामै सु’त्यासुत्यै अवस्थामा मृ’त्यु भएको जानकारी प्राप्त भएको छ।

मृ’तक सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स टेक्सटायल एसडिएन बिएचडी नामक कम्पनीमा अप’रेटरको रुपमा काम गर्दै आईरहेका थिए। हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सूर्यबहादुर बिहान आफू सुतेकै ओछ्यानमै मृ’त अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए ।

अहिले मृ’तक तामाङको श’वलाई पो’स्टमा’र्टमको लागी स्थानीय सुल्तान अस्पतालमा लगिएको जनाएको छ। मलेसियामा दिनहुुँजसो एकदुई जना नेपालीहरुले विभिन्न कारणबस ज्यान गुमा’उने गरेको छ। सबैभन्दा बढी मृ’त्यु हुने कारणमा सुतेको बेला हृद’यघात भएर साथै अत्या’धिक मदि’रा से’वनले म’र्ने नेपालीहरुको संख्या अत्या’धिक रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउँछ।



