पैदलयात्रीलाई ठ’क्कर दिएर भा’ग्यो मन्त्री प्रभु साहको गाडी; मन्त्रीले वा’स्तै गरेनन्

पैदलयात्रीलाई ठ’क्कर दिएर भा’ग्यो मन्त्री प्रभु साहको गाडी; मन्त्रीले वा’स्तै गरेनन्

सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठ’क्कर दिएर भा’गेको छ । गाडीको ठ’क्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठ’क्कर दिएको थियो । घा’इते तामाङको अवस्था सामान्य छ ।

मन्त्री साहको गाडीको ठ’क्करबाट घाइते भएका बच्चु तामाङ।

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठ’क्कर दिएको थियो । दुर्घ’टना लगत्तै घा’इतेको उद्धार गर्न लाग्दा जिप भा’गेको उनले बताए ।

ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मान’वियता समेत नदेखाएको बताए । ‘दुर्घ’टना नहुने कुरो हैन, तर ठ’क्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, वहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठ’क्कर दिएपछि झन् भाग्नु भयो,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्दा घा’इतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले ग’ल्ती महसुस गर्नुपर्छ ।’

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दु’र्घटना भएको थियो । ठ’क्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठ’क्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठ’क्कर दिएको रहेछ, यसबारेमामाथि जा’हेर गरिसकेका छौं,’ उनले भने, ‘घा’इतेको उप’चार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’

 

सभापति देउवाद्वारा बडादसैँको शुभकामना: सामाजिक सद्भाव र एकताको पर्व दशैँ

Previous articleकोरियामा श्रमिक Basic Salary फेरी बढ्यो,अवदेखी महिनाको १ लाख ८२ हजार रुपैया
Next articleसाउदीमा बन्द भएको अन्तर्राष्ट्रिय उडान खुल्यो: साउदी प्रवेश गर्नेलाई अब विभिन्न नयाँ नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।