Home Uncategorized साउदीमा बन्द भएको अन्तर्राष्ट्रिय उडान खुल्यो: साउदी प्रवेश गर्नेलाई अब विभिन्न नयाँ...

साउदीमा बन्द भएको अन्तर्राष्ट्रिय उडान खुल्यो: साउदी प्रवेश गर्नेलाई अब विभिन्न नयाँ नियम

साउदीमा बन्द भएको अन्तर्राष्ट्रिय उडान खुल्यो: साउदी प्रवेश गर्नेलाई अब विभिन्न नयाँ नियम

निराजन घिमिरे, पौष, १९ चितवन- साउदी अरेबियाले फेरि अन्तर्राष्ट्रिय उडानहरू सुरु गरेको छ! त्यस्तै उसले कतार, यमन, ओमान, युएई, लगायतका छिमेकी देशहरु संग जोडिएका सिमानाका पनि खुला गरेको छ र सामुन्द्रिक नाकाहरु पनि खुला गरेको छ! साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतलाई उद्धृत गर्दै शनिबार साँझ यो खबर दिएको थियो! थुप्रै युरोपेली देशहरूमा COVID-19 को नयाँ रुपको उदय पछि साउदीले डिसेम्बर २० बाट अस्थायी यात्रा प्रतिबन्ध लगाएको थियो।

साउदीको यो नयाँ नियम आज (आईतबार) बिहान ११ बजे देखि लागू हुने बताईएको छ! साथै साउदीले आज बाट आफ्नो देशमा प्रवेश गर्ने साउदी नागरिक र गैर साउदी नागरिकहरुलाई भिन्दाभिन्दै स्वास्थ्य मापदण्डहरु पनि जारी गरेको छ! अब साउदी प्रवेश गर्नेले विभिन्न नयाँ नियमहरु पालना गर्नुपर्ने छ! साउदीले ल्याएका नयाँ नियमहरु यस्ता छ! 

१. वेलायत, दक्षिण अफ्रिका, लगायत कोरोना भाईरसको नयाँ रुप देखिएका देशहरूबाट साउदी आउन चाहने गैर-साउदी नागरिकहरुले त्यस्ता देशहरु बाट कम्तिमा १४ दिन अन्य देशमा बसेर मात्र साउदी प्रवेश गर्न पाउनेछन ! जस्तै कुनै वेलायती नागरिक साउदी जान चाहन्छ भने उसले वेलायत छोडेर कम्तिमा १४ दिन कोरोना भाईरसको नयाँ रुप नदेखिएको देशमा बसेर मात्र साउदी प्रवेश गर्न पाउने छ!

२. साउदी सरकारको अनुमति लिएर अत्या’वश्यक तथा आ’पत’कालीन सेवाको लागी कोरोना भाईरसको नयाँ रुप् देखिएका देशहरुबाट साउदी प्रवेश गर्न चाहने गैर – साउदी नागरिकहरुले साउदी प्रवेश गरेको ४८ घण्टा भित्रमा पिसिआर चेक गर्नुपर्छ भने कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बसेर १३औं दिनमा फेरी अर्को पिसिआर टेस्ट गर्नुपर्नेछ!

३. कोरोना भाईरसको नयाँ रुप देखिएका देशहरुबाट साउदी प्रवेश गर्ने साउदी नागरिकहरुले सरकारी सुपरिवेक्षणमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ र छैटौ दिनमा पिसिआर टेस्ट अनिवार्य गर्नुपर्नेछ!

४. कोरोना भाईरसको नयाँ रुप नदेखिएका देशहरुबाट साउदी प्रवेश गर्ने व्यक्तिहरुले ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ वा ३ दिन क्वारेन्टाइनमा बसेर पिसिआर टेस्ट गर्नुपर्ने हुन्छ! अर्थात कुनै नेपाली अहिले साउदी जान्छ भने उसले ७ दिन ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ वा ३ दिन क्वारेन्टाइनमा बसेर पिसिआर टेस्ट गर्नुपर्ने हुन्छ!

तर नयाँ आएको सुचनामा नेपाल लगायत देशहरुलाई छुट्टै सम्बोधन गरिएको छैन! खास गरि साउदीले श्रमिक आयात गर्ने देशहरु जस्तै नेपाल, भारत, पाकिस्तान, बंगालादेश लगायतका देशहरुको लागी छुट्टै नियम लगाउने भएता पनि यो पटकको सुचनामा त्यस्तो कुरा समावेश गरिएको छैन! त्यसैले त’त्काल नेपाल बाट साउदी प्रवेश गर्न पाईने/ नपाईने विषयमा भने रियादमा रहेको नेपाली दुताबासको सुचना नै कुर्नुपर्ने देखिन्छ!

टीकाको साइत ११ बजेर २ मिनेटमा

Previous articleपैदलयात्रीलाई ठ’क्कर दिएर भा’ग्यो मन्त्री प्रभु साहको गाडी; मन्त्रीले वा’स्तै गरेनन्
Next articleनक्कली पिसिआर रिपोर्ट बनाएर फ्लाई दुबई चढेर विदेश हिडेका ७ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।