नक्कली पिसिआर रिपोर्ट बनाएर एअरअरेबिया चढेर विदेश हिडेका ७ जना पक्राउ

काठमाण्डाै – नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूकाे साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूकाे रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साउदीले बन्द गरेकाे अन्तर्राष्ट्रिय उडान आजदेखि खोल्याे

काठमाण्डौ – साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आज त्यहाँको स्थानीय समय ११ बजेदेखि खोलेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । स्थानीय पत्रिका साउदी ग्याजेटले जनाएअनुसार युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने हुन्छ ।

यस्तै ती देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वेरीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै साउदी ग्याजेटले जनाएको छ ।
साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेकाे थियाे ।


