कतारमाथिको नाका’वन्दीः तीनबर्षमा कसलाई लाभ, कसलाई हा’नी ?
साढे तीन वर्षअघि कतारी नागरिक बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अना’यास नाका’बन्दी लगाएको थाहा पाएर आ’श्चर्यच’कित भएका थिए, र यसै साता फेरि उ’लटफेर भयो। त्यो नाकाबन्दी फेरि रा’तारात स’माप्त गरियो। नाका’बन्दी आफैंमा निकै पी’डा’दायी हुनेगर्छ र त्यसले छिमेकी मुलुकबीच त’नावको वातावरण सिर्जना गर्नु अनौठो होइन। नाका’बन्दी खे’पेका साढे तीन वर्ष तिक्त’तापूर्ण रह्यो। कतार र यसका अरब छिमेकी मुलुकबीच हि’लो छ्या’पाछाप भयो, सञ्चार माध्यममा गा’लीग’लौज छापिए, प्रशारण भए, सामाजिक सञ्जालमा ट्रो’ल बनाइए, अमेरिकासँग सम्बन्ध सुधारका लागि निकै म’हँगो सौदाबाजी गरिए र ह्या’क गरिएका र सूचना चु’हावटका आ’रोप–प्रत्या’रोप चले।
कतारलाई ब’हिस्कार किन गरियो भनेर प्रश्न गरिए साउदी अरेबिया, युनाइटेड अरब ईमिरेट्स, बहराइन र इजिप्टमा त्यसलाई फौ’जदारी अप’राध सरह मानियो, किनभने यी चार राष्ट्रले कतार वि’रुद्ध क’ठोर द’ण्ड दिने भन्दै कुटनीतिक र व्यापारिक समेत सबै किसिमबाट ना’काबन्दी गरेका थिए। खाडी क्षेत्रको सानो मुलुक कतारले तुल’नात्मक रुपमा ठूला र शक्तिसम्पन्न चार राष्ट्रबाट भएको नाका’बन्दीलाई ड’टेर सा’मना गरेको थियो। शुरुमा अमेरिकाले क’तारमाथि द’बाब दिएपनि पछि अमेरिकाबाट साथ सहयोग पाएको कतारले टर्की, इरान र इस्लामिक दक्षि’णपन्थीहरुसँग सम्बन्ध बलियो बनाएको थियो।
‘विदेश नीतिको सन्दर्भमा नाका’बन्दीको अन्तर्राष्ट्रिय सम्बन्धमा कतारले आफूलाई धेरै फेरबदल गर्नु परेको थिएन किनभने ना’काबन्दी गर्नुपर्ने कारणको जग नै निकै क’मजोर थियो,’ कतारस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी सहायक प्राध्यापक जोसलिन साज मिचेलले बताए। उनको भनाईमा कतारलाई एक्ल्याउने चार राष्ट्रको अभियान अस’फल भएको थियो। अमेरिकामा बाइडेन प्रशासनले सत्ता सम्हालेपछिको परिदृश्यले पनि कतारलाई लाभ पुगेको मानिन्छ। बाइडेन प्रशासनले साउदी अरेबियामाथि क’डा नीति अख्तियार गर्ने र इरानसँगको सम्बन्धमा पनि पुनरावलोकन गर्ने सम्भावना छ।
‘कतारका तर्फबाट कुनै नीतिगत परिवर्तन गरिहाल्ने अवस्था मैले देखेको छैन,’ उनले भने, ‘दोहालाई वास्तवमै प्रयोग गरिएको छ, र मान्यता दिइएको छ।’ सोमबार रा’ति, साउदी अरेबियाले कतारमाथिको प्रति’बन्ध फुकुवा गरेको छ, र आफ्नो आकाश हवाई उडानका लागि खुला गरिएको छ। केही दिनभित्रै जमिनबाट पनि आवातजावत फुकुवा हुँदैछ। मंगलबार, खाडी क्षेत्रका नेताहरू र इजिप्टका प्रतिनिधिहरु साउदी अरेबियामा भेला भएका थिए। त्यस भेलामा सहभागी खाडी राष्ट्रका चारै सदस्यले कतारमाथि लागेका प्रतिब’न्ध र नाका’बन्दी अन्त्यको घोषणा गरे।
सबैभन्दा अनौ’ठो त साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले साउदी अरेबियाको अल–उलामा आयोजित शिखर सम्मेलनमा सहभागी हुन आएका कतारका सत्तासिन अमिरलाई अंगालो हालेर भव्य स्वागत गरेका थिए। साउदी राजकुमारले अमिरलाई साउदी अरेबियाको ऐतिहासिक मरुभूमिमा घुमाउन लगेका थिए। कतारी अमिरले पनि आफू सवार जेटमा साउदी अरेबियाको एक भूपरिवेष्टित नजद क्षेत्रको नाम छापेर भातृत्व प्रदर्शन गरेका थिए।
सन् २०१७ को मध्यमा सं’कट उत्पन्न हुँदा ३७ वर्ष पुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले त्यसबखत आफ्नो शासनकालमा सबैभन्दा ठूलो राजनीतिक चु’नौतीको सा’मना गर्नु परेको थियो। ना’काबन्दीका शुरुका दिनहरुमा आत्ति’एका कतारी नागरिकहरु खाद्य संक’ट झेल्नुपर्ने भन्दै राजधानी दोहास्थित खाद्यसामग्रीका पसलमा लामबद्ध देखिएका थिए। दूध र अन्य विदेशी आ’यातित खाद्य सामग्री पसलहरुमा रि’त्तिएका थिए। कतार सरकारले तत्कालै आफूसँग भएको नगद झिक्यो, वैकल्पिक सिपिङ र हवाई उडानका नयाँ रुट प्रयोग गरियो, ताजा डेरीको आपूर्तिलाई सहज बनाउन हजारौं गाई कतार ल्यायो र इरान एवं टर्कीसँगको सम्बन्धलाई थप प्रगाढ बनायो।
कतारले पर्सियाली खाडी क्षेत्रमा नयाँ रणनीतिक महत्वको स्थानलाई प्रयोगमा ल्यायो। विश्वकै सर्वाधिक ठूलो तरल प्राकृतिक ग्यास उत्पादक राष्ट्र कतारले विश्वका प्रमुख शक्तिशाली मुलुकलाई निरन्तर आपूर्तिको व्यवस्था मिलाउनेक्रमलाई निरन्तरता दियो। निर्माणका सामग्रीको आपूर्तिलाई सहज तुल्याउन वैकल्पिक बाटाहरु खोलिए जसबाट नयाँ राजमार्गहरु, होटल र विशाल रंगशालाहरुको निर्माण सुचारु हुनसक्यो।
सं’कट व्यवस्थापनमा शेख तमिमको सुझबुझपूर्ण व्यवहारबाट उनको लोकप्रियता कतारमा अरू बढ्यो। उनका तस्वीरहरु ठुल्ठूला भवन र कारका झ्यालमा टाँगिए। कतारको राष्ट्रिय सङ्ग्रहालयको एक कक्षमा राष्ट्रले सामना गर्नुपरेको सं’कट व्यवस्थापन झल्काउने तस्वीरहरु राखिएका छन्। आर्थिक रुपमा, विश्वकै धनी राष्ट्रमा दरिएको कतारमाथि ना’काबन्दीले निकै ठूलो क्ष’ति पुग्यो। कतार एयरवेज चार राष्ट्रले गरेको आकाश र बजार प्रति’बन्धले अर्बौं डलर नो’क्सान भएको जनाएको छ। दबा’बका बाबजूद कतारले स्वतन्त्र र सार्वभौम राष्ट्रको छवि कहिल्यै क’मजोर हुन दिएन।
‘अहिले प्रति’बन्धहरु फुकुवा भइसकेको अवस्थामा कतारले आफ्ना केही नीतिहरुलाई नरम बनाउने तयारी गरेको छ, तर टर्कीसँगको सम्बन्ध तो’ड्ने सम्भावना छैन,’ युरेसिया ग्रुपका मध्यपूर्व एवं उत्तर अफ्रिकी प्रमुख अहयाम कामेलले भने। कामेलको विचारमा कतारले मु’स्लिम ब्रदरहूड संस्थालाई दिइआएको सहयोग निरन्तर जारी राख्नेछ, र यसले अरु खाडी राष्ट्रलाई चिढ्याउने छ।
संकट उत्पन्न भएका दिनदेखि चार राष्ट्रले कतारसामू १३ बुँदे मागको सूची प्रस्तुत गरेका थिए जसमा अल जजिरा समाचार संस्थाको कार्यालय बन्द गर्नुपर्ने थियो। साथै, आफ्नो भूमिमा सानो संख्यामा रहेका टर्केली सैनिक फिर्ता पठाउनु पर्ने, मुस्लिम ब्रदरहूडसँगको सम्बन्ध तोड्नुपर्ने तथा चार राष्ट्रबाट भागेर कतारमा शरण लिइरहेका राजनीतिक व्यक्तिलाई सुपुर्दगी गर्नुपर्ने सूचीमा समावेश थियो।
कतारले चार राष्ट्रको यी मागलाई अस्वी’कार गरिसकेको छ। सिएनएनसँगको अन्तर्वार्तामा एक जना वरिष्ट कतारी कूटनीतिज्ञ अन्वर गर्गासले मागको सान्दर्भिकता समा’प्त भइसकेको स्पष्ट गरे। उनले अब गर्ने भनेकै विगतका ति’क्ततापूर्ण सम्बन्धमा म’ल्हम’पट्टी लगाउनु भएको बताए। बुधबार दोहास्थित अल जजिराका अंग्रेजी र अरेबिक पेज सहित कतारी समाचार वेबसाइटहरु युएईमा ब्ल’क गरिएका थिए। तर युएईका समाचार माध्यमले कतारमाथि नरम दृष्टिकोण राख्न थालेको आभाष पाइएको छ। युएई र साउदी अरेबियाका अखबारका प्रथम पृष्ठमा खाडी राष्ट्रको शिखर सम्मेलनका तस्वीरहरु छापिनुका साथै सकारात्मक समाचार शीर्षक राखिएका छन्। रासस/एपी
R
पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइनेः प्रधानमन्त्री प्रचण्ड


