Home Uncategorized विदेशमै यस्तो, साथीलाई सापट दिएको पैसा माग्दा गु’ण्डा लगाएर कु’टियो, खुट्टा समेत...

विदेशमै यस्तो, साथीलाई सापट दिएको पैसा माग्दा गु’ण्डा लगाएर कु’टियो, खुट्टा समेत का’टियो

विदेशमै यस्तो, साथीलाई सापट दिएको पैसा माग्दा गु’ण्डा लगाएर कु’टियो, खुट्टा समेत का’टियो

मलेसियामा पैसा कमाउँदै गरेको २४ वर्षे ठिटौले सप’नाका के कुरा! डिसेम्बर १३ को झि’समिसे बि’हान हो’स आउँदा उनी सडकमा रग’ताम्य थिए। उठ्न खोज्दा खुट्टा अ’डिएनन्, फेरि सडकमै ढ’ले। जसोतसो साथीहरूलाई फोन गरेर बोलाए। त्यसपछि उनलाई अस्प’ताल लगियो। शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ह्विल चेयरमा गुड्दै थिए, पट्टी बाँ’धिएको आधा खुट्टा हेरेर टो’लाउँदै।

आफ्नै पैसा फिर्ता माग्दा ‘अप’हरण’

धनुषा जिल्ला नगराइन नगरपालिकाका २४ वर्षे धीरेन्द्र ठाकुर। अढाई वर्षअघि कतारबाट फर्किएर उनी मलेसिया पुगेका थिए। काम राम्रै थियो। कमाइ पनि ठिकै थियो।  त्यो फ्याक्ट्रीमा पुराना मेसिन गरेर टल्काउँदै गर्दा उनका आँखामा सपनाहरू पनि ट’ल्किरहेका हुन्थे। त्यो फ्याक्ट्रीमा धेरै नेपाली कामदार थिए, कोही उनीसँगै काम गर्थे। कोही त्यही कम्पनीको अर्काे कुनै विभागमा। जे होस्, परदेशमा नेपालीको आ’त्मियता उस्तै थियो, जस्तो नेपालमा आफ्ना साथीभाइसँग।

तीमध्ये वीरगन्जका दुई साथी थिए उनका। परदेशमा जोसुकै होस् नेपाली-नेपाली सुख–दुः’खका साथी नै हुन्। उनीहरू पनि ठाकुरका ‘दो’स्त’ नै थिए। परदेशमा सुख, दुः’ख बाँड्ने ती साथीले एक दिन ठाकुरसँग ४ हजार मलेसियन रिङ्गिट (करिब १ लाख १७ हजार नेपाली रुपैयाँ) सा’पटी मागे। केही समयपछि दिने गरी। परदेशमा काम गर्ने नेपालीका लागि एउटा चलनै छ, पालैपालो घरमा पैसा पठाउने। केही साथीहरू मिल्ने एक महिनाको कमाइ एकमुष्ठ एउटाको घरमा पठाउने अनि अर्काे महिना अर्काको। यो च’क्करले घरमा एकमुष्ठ पैसा पठाउन नेपाली कामदारलाई सजिलो पनि हुँदै आएको छ।

तर, ठाकुरलाई के थाहा एक दिन त्यही च’क्रले आफ्नो खुट्टा नै गु’म्नसक्छ! उनले सा’पटीको पैसा मागिरहेका थिए, ती केटाहरू टा’र्दै गए। ‘डिसेम्बर १२ मा मलाई उनीहरूले कल गरेर पैसा फिर्ता लिन आउनू भनेर बोलाए,’ ठाकुर सम्झिन्छन्, ‘अनि म उनीहरूले बोलाएको ठाउँमा गएँ।’ तर, दृश्य अर्कै थियो। त्यहाँ उनका ती वीरगन्जीया दोस्तमात्रै थिएनन्। केही त’मिल केटाहरू पनि थिए।  आफ्नो पैसा फिर्ता लिन गएका ठाकुर आफ्नै साथीहरूको त्यो जा’लमा परे। उनीहरूले ‘भाडा’ का गु’न्डा बोलाएका थिए, तमिल केटाहरूलाई। भारतको तमि’लनाडुबाट मलेसियामा धेरै त्यस्ता ‘ग्या’ङस्टर’ पुगेका छन्, जसले नेपालीलाई अत्य’धिक लु’ट्छन्।

नेपाली अप’हरण गर्नु, च’क्कु प्रहार गर्नु, लु’ट्नु अनि मा’र्नसम्म पछि नपर्ने उनीहरू भाडामा पनि त्यस्तो अप’राधको काम गर्छन्। ‘उनीहरूले पैसा लिन बोलाएर मलाई उ’ल्टै अप’हरणै गरे,’ ठाकुर भन्छन्, ‘मलाई जा’लमा पार्न बोलाएका रहेछन्। म त पैसा पाउने आसामा गएको थिएँ।’ ठाकुरको गोजामा अरू २ हजारजति मलेसियन रिङ्गिट थियो। त्यो पनि उनीहरूले खो’से। अझ उल्टै ध’म्की दिए, ‘अरू पैसा मगाऊ नत्र, यहीँ मा’रिदिन्छौं।’ आफ्नो गु’मेको पैसा फिर्ता पाउने आशमा त्यहाँ पुगेका ठाकुर अँ’ध्यारो कोठाभित्र थु’निए।

त्यो घर निकै अग्लो थियो। उनीहरूले ठाकुरलाई चौथो तलाको एउटा कोठामा थुनि’दिएका थिए। ‘आफ्नो पैसा पाउने आशमा त्यहाँ पुगेको मलाई उनीहरूले थु’निदिए। भएको पैसा पनि लु’टे अनि अरू पनि पैसा मगा, नत्र मा’रिदिन्छौं भनेर ध’म्की पनि दिए,’ ठाकुर भन्छन्, ‘अब कोसँग पैसा माग्नु, उ’ल्टै उनीहरूसँग फिर्ता ल्याउनुपर्ने थियो। भएको पैसा पनि लगिदिए।’ ठाकुरलाई लाग्यो, ‘यो जीवनको अ’न्तिम रा’त हो। अब ती तमिल गु’न्डाले यहीँ मा’रिदिन्छन्।’ रा’तभरि अर्काे कोठामा उनीहरूले खा’नपिन गरे। ठाकुरले टु’टफुट आवाज पनि सुन्थे, ‘पैसा न’दिए मा’रिदिने’ सल्लाह गरिरहेका थिए।

आधारा’तमा उनीहरू खा’इपिइ गरेर सुतिसकेका थिए। ठाकुर कतैबाट निस्किने ठाउँ खोज्दै थिए। सहर सारा झिलिमिली देखिन्थ्यो, ठाकुरको मनमा भने ड’रको बिजुली च’म्किरहेको थियो। अन्ततः ठाकुर आफू थु’निएको त्यो कोठाको झ्यालबाट हा’म फा’ले। सडकमा बजा’रिए। ‘कोठामै भए त मा’रिन्थेँ होला। बरु हा’म्फाले त बाँ’चिन्छ कि भन्ने सोचेँ,’ ठाकुर भन्छन्, ‘अनि झ्यालबाट हा’म्फालेँ। सडकमा बजा’रिएको मात्रै सम्झिन्छु, त्यसपछि केही थाहा पाइनँ।’ ह’ल्का होस आएर उनी ब्युँझिदा बिहानको ४ बजिसकेको थियो। उठ्न खोजे सकेनन्। फेरि सडकमा ढ’ले। खुट्टाहरू लो’लाइरहेका थिए, उभिनै सकेनन्। ‘त्यसपछि साथीहरूलाई फोन गरेर त्यहाँ बोलाएँ,’ अनि उनलाई अस्पताल पु-याइयो। ती गु’न्डाहरूले उनलाई खोजिरहेका थिए। ठाकुरले त’त्काल दूतावासमा पनि खबर गरे।

...अनि खुट्टा का’टियो

अस्पतालले बिदा दिएसँगै उनी घर फर्किन त’म्सिए। ‘यहाँ बसिरहने हो भने त मलाई मा’र्छन् भन्ने लाग्यो अनि घरै फर्किन्छु भन्ने भयो,’ उनी भन्छन्, ‘त्यसपछि दूतावासलाई भनेर घर फर्किने तयारी गरेँ।’ साथीभाइको सहयोगमा उनले टिकट पनि लिए। हिमालय एयरलाइन्सको टिकट थियो। काठमाडाै‌ं फर्किन उनी टिकट लिएर एयरपोर्ट पुगिसकेका थिए। तर, एयरलाइन्सले ‘फि’ट एन्ड फा’इन’ को रि’पोर्ट माग्यो। उनको देब्रे खुट्टा भाँ’चिइसकेको थियो। भर्खरै मल’मपट्टी गरिएको, घा’उ ताजै थियो। एयरलाइन्सले ल्याउन नमानेपछि उनी फेरि अस्पतालै फर्किए। त्यहाँ डाक्टरले खु’ट्टा नै का’ट्नुपर्छ भने।
देब्रे खुट्टाको घँडामुनि त कामै न’लाग्ने भइसकेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेतो पट्टी बाँ’धिएको आधा खु’ट्टातिर टो’लाउँदै ठाकुरले भने, ‘सुरुमा त यहाँ नका’टौँ, नेपालै गएर उप’चार गर्छु भनेँ। तर, डाक्टरहरूले मा’नेनन्।’ ठाकुरलाई लागेको थियो, कम्तिमा आफ्नै घर फर्किएर उपचार गरे खु’ट्टा नै का’ट्नुपर्दैनथ्यो कि! तर, डाक्टरहरूले ‘का’ट्नैपर्ने’ भने। केही बेरपछि अस्पतालको बेडमा ब्युँ’झिदा उनको आ’धा खुट्टा थिएन।  ‘फेरि बे’होसै हुनेजस्तो भयो। अब के गर्नु?,’ अस्पतालको बे’डमा उनको दि’मागले पनि केही सोच्नै सकिरहेको थिएन। ‘यस्तै भो। आफ्नै नेपाली साथीभाइले नै मेरो जीवन ब’र्बाद बनाइदिए…,’ ठाकुर एकछिन रो’किए, आँखाभरि आँ’शु टि’लपिलाउँदै।

उनी घर फर्किने दिन पनि नजिकिँदै थियो। अब चाँडै उनले ‘बिहे गर्ने’ सपना पनि देखिसकेका थिए। सिकर्मी बाबु। दाजु पनि गाउँमै काम गर्थे। बाहिर गएर कमाउने अनि बिहे गर्ने घर सल्लाह थियो। ‘तर, अब जिन्दगी नै यस्तै भो…’ त्यसपछि उनका दाजुले ठाकुरलाई फेरि ह्विल चेयरमा गुडाउन थाले। गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारिणी विभागका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनएको मलेसिया राष्ट्रिय समितिसँग समन्वय गरेका थिए। समितिले दूतावाससँग मिलेर ठाकुरलाई केही दिन खाने, बस्ने व्यवस्था गरिदियो। त्यसपछि ठाकुरले आफ्नै साथीभाइसँग पैसा सा’पटी गरेर काठमाडौंसम्म आए।

शनिबार एनआरएनएले काठमाडौंबाट उनको घरसम्म पुग्ने प्लेन टिकटको व्यवस्था गरिदिएको थियो। ‘अब उहाँको जीविकोपार्जनका लागि हामीले के गर्न सक्छौं भनेर सल्लाह गरिरहेका छौं। तत्कालका लागि एउटा आरामदायी ह्विल चेयरको व्यवस्था गर्दैछौं,’ एनआरएनएका प्रोजेक्ट म्यानेजर राजेन्द्र राउतले भने, ‘अरू थप सहयोग के कसरी गर्न सकिन्छ भनेर हामी सल्लाह गर्दैछौं।’ गजेन्द्र बोहोराले तयार गर्नुभएको यो सामाग्री हामीले आयोमेल डटकम बाट साभार गरेका हौँ !

कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

Previous articleडाक्टरले यस्तो भने; कन्चनको अवस्था झन् ख’राब, आमालाई आयो यस्तो ध’म्कि
Next articleलाईसेन्समा अब नयाँ नियम आउंदै: ट्रायल पुरै नकटाए पनि लाईसेन्स पाईने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।