कप्तान अरुणा सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार पोखरामा सम्मानित भएकी छन्।

पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो।

अरुणालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अरुणालाई सम्मान गरेका थिए ।

कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो।

त्यस्तै मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा रजत पदक जितेको थियो।

प्रतिभा माविले हरेक वर्ष गण्डकी प्रदेश भित्रका प्रतिभावान युवालाई सम्मान गर्दै आएको छ।

अरुणा सम्मलित होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले शुक्रबार मात्रै आरबिबी एनभीए महिला क्लब च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो।

मोटरसाइकल दुर्घटनामा तीनको ज्यान गयो

Previous articleआईलिगमा सावित्राको टोलीले पहिलो खेल खेल्दै
Next articleआइलिगको पहिलो खेलमै छाइन् सावित्रा, गरिन् निर्णायक गोल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।