प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावनादूत

गायक प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावनादूत बनेका छन्। खरेललाई शनिबार बसेको प्रादेशिक संघको बैठकले सद्भावनादूतमा नियुक्त गरेको हो।

प्रदेश क्रिकेटका प्रवक्ता मनोज कटुवालका अनुसार गायक खरेलको क्रिकेटप्रति विशेष लगाव भएकाले उनलाई प्रादेशिक क्रिकेटको सद्भावनादूतमा नियुक्त गरिएको हो।

यस्तै प्रादेशिक समितिले विभिन्न उपसमितीहरु समेत गठन गरेको छ। प्रदीपराज पाण्डेको संयोजकत्वमा प्राविधिक उपसमिति, मिङमा डण्डु शेर्पाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति, लाक्पा लामाको संयोजकत्वमा छनोट उपसमिति गठन गरेको छ।

स्थानीय तहमा वेथिति : सवारी सिक्ने क्रममा ३ बर्षीय बालकको ज्यान लिने हुप्सेकोटका प्रशासन अधिकृत फरार

Previous articleआइलिगको पहिलो खेलमै छाइन् सावित्रा, गरिन् निर्णायक गोल
Next articleमुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।