अनलाईन बाट पुन: श्र’म स्वीकृति लिन के के गर्नुपर्ला? यस्तो छ महत्वपूर्ण जानकारी

अनलाईन बाट पुन: श्र’म स्वीकृति लिन के के गर्नु पर्ला? यस्तो छ महत्वपूर्ण जानकारी

काठमाडौं । वैदेशिक रोजगार विभागले गत पुस देखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बा’ध्यता हटेको छ ।

अनलाइन श्रम स्वीकृति कसरी लिने ?अनलाइनबाट पुनः श्रम स्वीकृति लिन भन्दा अघि तपाईले यी ६ थरीका कागजात सकंलन गर्नुहोस ।

  • पासपोर्ट साइजको स्पस्टसँग आउने फोटो स्क्यान गर्नुहोस वा राम्रो मोबाइल वा क्यामरा छ भने त्यसले पासपोर्ट साइजको फोटो खिच्नुहोस
  • तपाइको राहदानीको पेज न. २, ३ र ३१ को पाना स्क्यान गर्नुहोस
  • भिसाको स्क्यान कपी (पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी चाहिन्छ)
  • अध्या’गमन कार्यालयले राहदानीमा लगाएको डि’पार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान गर्नुहोस ।
  • यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौ’ता पत्रको स्क्यान कपी ।
  • रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तो’किएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नुहोस् ।

माथि तोकिएको ६ प्रकारका कागजात संकलन गरेपछि अब तपाई अनलाइनमा फारम भर्न सुरु गर्नुहोस् ।

१: सुरुमा यहाँ क्लिक गरेर अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् ।
२. तपाईले यसअघि श्रम स्वीकृति अनलाइनबाट नै लिनु भएको छ भने पासवर्ड तपाईसँगै सुरक्षित हुन्छ । तपाईले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ ।

उक्त युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उ’जुरी वा गु’नासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्नका लागि आवश्यक पर्ने भएकाले तपाईले यो सुरक्षित राख्नुहोस् ।

३ :पहिलो चरणमा दिईएको लिंकमा क्लिक गरेर अनलाइन श्रम स्वीकृतिमा क्लिक गरेपछि पासपोर्ट नम्बर हा’नेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सनमा क्लिक गरी आफ्नो विवरण स’च्याउन सकिन्छ ।

उक्त पेजमा स्टार चिह्न भएकाहरु सबै विवरण अनिवार्य भर्नुपर्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण भरेर सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि तपाईले विवरण सवमिट बटनमा थिचेर सेभ गर्नुपर्छ ।

अब तपाईले भरेको सबै विवरण ठीक छ कि छैन हेरेर यकिन गरी स’च्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउनु पर्छ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने स’च्याउन मिल्दैन ।

४: अब पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा गई इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्नुहोस र त्यहाँ एड न्यू बटन देखिन्छ, त्यसमा क्लिक गरी माग गरिएको विवरण भर्नुपर्छ र माग गरिएका कागजातहरुको स्क्यान कपी समेत अपलोड गर्नुपर्छ ।
५: स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुहोस् र अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुहोस् ।

बिमाको साथै कल्याणकारी कोषमा पनि पैसा तिर्नुपर्छ, यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनैपनि एक बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्षको अवधिको लागि पुन: श्रम स्वीकृति निकाल्ने हो भने १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समयको लागि हो भने २ हजार ५ सय रुपैयाँ रकम तिर्नुपर्छ । बैंकले पनि रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँछ ।

६: रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गर्नुहोस् र इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति छनोट गर्नुहोस् । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न सकिन्छ ।

माथिका सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

अब तपाइँको आवेदन विभागले क्रमश: हेर्छ र भेरिफाइ गर्छ । उक्त विवरण तपाइँले तपाइको मोवाइल वा इमेलमा पाउन सक्नुहुन्छ । यदी कुनै कागजात नमिलेको खण्डमा आवेदन अ’स्वीकृत गर्नुपर्ने भएमा कारण सहितको विवरण मोवाइल वा इमेल मार्फतनै जानकारी पाइन्छ ।

७: अनलाइन पुनः श्रम स्वीकृति लिन पासवर्ड वा इमेल बि’र्सिनुभयो भने के गर्ने ?

यदि तपाई अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बि’र्सिनुभएको छ भने नआ’त्तिनुहोस् । अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाईले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बि’र्सिनुभएको छ भने फो’र्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर ग’लत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ । त्यसको लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ ।

निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाटै पनि प्राप्त गर्न सकिन्छ ।

# कृपया तपाईले आफै पुन: स्वीकृति गर्न नसक्ने हो भने थप सहयोगको लागि Viber नम्वर 9801098980 बाट थप जानकारी पाउन सक्नुहुन्छ । 

संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

Previous article१८ वर्षिय भाईको बयान; दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन
Next articleगाउँकी सोझी युवतीलाई म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै मिडियामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।