ट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन्

ट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन्

आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो ।

विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी #आन्दो’लनकारी हौं भने ।दाहिनेतिरबाट एउटाले Petrol छ’र्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई को’रेर फा’ल्यो । म आ’त्तिएर केही सोच्नै सकिनँ ।

गाडीमा आ’गो हुरहुरी बलिसक्यो म Seatbelt लगाएर बसेको थिएँ । अत्ता’लिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जो’गाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जला’उने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै ज’ल्थेँ ।

म मज’दूर हो, गाडी साहुलाई मैले Taxi निकालेको पनि थाहा थिएन । ज’लेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्का’ए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपा’य छैन । देशको लागि आ’न्दोलन गरेको भन्नेहरुले म जस्तो ग’रीव मजदूरको ट्याक्सी ज’लाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्व’हाराले कहिलेसम्म दुःख पाउने??

बारामा मध्यरात झडप, आठ राउन्ड हवाई फायर, दुईजना घाईते

Previous articleआज २०७७ साल माघ २२ गते विहिवार ( ४ फेब्रुअरी २०२१) आजको राशिफल
Next articleप्रचण्ड-माधव समूहका कार्यकर्ताको वि’तण्डा; म’लामी बोकेको बस तोड’फोड, किरि’यापुत्री घा’ईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।