प्रचण्ड-माधव समूहका कार्यकर्ताको वि’तण्डा; म’लामी बोकेको बस तोड’फोड, किरि’यापुत्री घा’ईते

प्रचण्ड-माधव समूहका कार्यकर्ताको वि’तण्डा; म’लामी बोकेको बस तोड’फोड, किरि’यापुत्री घा’ईते

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै कि’रिया पुत्री बोकेको तोड’फोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोड’फोड गरेका हुन् । प्रदर्शनकारीले देवघाटमा अ’न्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोड’फोड गरेका हुन ।

किरायापुत्री लिएर फर्किदै गरेको बसमा तोड’फोड गर्दा किरि’यापुत्री सन्तबहादुर विक घा’इते हुनु भएको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घाईते विकको भरतपुरमा अस्पतालमा उपचार भएको छ ।

१ सय ८८ जना बन्द’कर्ता पक्राउ, ३३ सवारी साधनमा तोड’फोड तथा आ’गजनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले गरेको हड्ता’लका कारण आज मुलुकभरको जन’जीवन प्र’भावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर ब’न्द नै रह्यो ।

राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुल’नामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सत’र्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आग’जनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आग’जनी गरिएको र ८६ वटा गाडीमा तोड’फोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शन तथा तोड’फोडमा उत्रि’एका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वा’धरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो ।

नागरिकको संविधान प्रदत्त हकको नि’र्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो । गृहमन्त्रालयले शान्तिसुरक्षामा ख’लल पुग्ने गरी तोड’फोड, आग’जनी र जब’र्जस्तीलगायत अवा”ञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानूनी कार’वाही गरिने जनाइएको छ ।

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Previous articleट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन्
Next articleडिसेम्बर ४ को रा’ती देखि साउदी सरकारको नयाँ नियम; यस्तो आयो दुताबासको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।