कतार : कोरोना नि’यन्त्रणसम्बन्धी नयाँ नियम नमाने रियाल दुई लाखसम्म जरि’वाना

कतार : कोरोना नि’यन्त्रणसम्बन्धी नयाँ नियम नमाने रियाल दुई लाखसम्म जरि’वाना

काठमाण्डौ – कतारमा पछिल्लो समय बढ्दै गएको कोरोना स’ङ्क्रमणलाई निय’न्त्रण गर्न त्यहाँको सरकारले थप क’डाइ गरेको छ । गएको फेब्रुअरी ४ मा कतार सरकारको सं’कट व्यवस्थापन समितिले सङ्क्र’मण निय’न्त्रण गर्न क’डाइका थप नि’यम लागू गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

अब कतारमा घरभित्र वा बन्द स्थानमा पाँच जना र खुल्ला स्थान जस्तै सार्व’जनिक पार्क, समुन्द्री किनारमा १५ जना भन्दा बढी भेला हुन पाइने छैन ।  यस्तै कुनै पनि कामका लागि घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘ईटेराज एप्लिकेशन’ साथमा हुनै पर्ने छ ।

निजी सवारी साधनमा पनि चालकसहित ४ जनाभन्दा बढीलाई यात्रा नगर्न त्यहाँको सरकारले सूचित गरेको छ । यस्तै घरबाट बाहिर निस्किदा मास्क अनि’वार्य लगाउनै पर्ने छ । समितिले गरेको निर्णय अनुसार नि’यम उ’ल्लंघन गरेको पाइएमा कतारी रियाल दुई लाखसम्म जरि’वाना र तीन वर्षसम्म कै’द स’जाय तो’किएको छ । नि’यम पालना गरेर बढ्दै गरेको सं’क्रमणबाट बच्न त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

यस्तै कतारमा को’रोना सङ्क्र’मण नियन्त्रण गर्न क’डाइका थप नि’यम लागू गरिएसँगै कतारमा रहेको नेपाली दूतावासले आफै उपस्थित भएर लिनु पर्ने सेवाबाहेक अन्य जानकारीको लागि फोन तथा इमेलमार्फत बुझ्न आग्रह गरेको छ । दूतावासको फोन नम्बर ४४६७५६८१,४४६७५६८३ मा सम्पर्क गरेर आवश्यक जानकारी लिन सकिन्छ ।

यस्तै राहदानी सेवाका लागि passport.doha@mofa.gov.np , कन्सुलर सेवाका लागि consular.doha @ mofa.gov .np र माग प्रमाणिकरण तथा श्रम सम्बन्धी स’मस्या तथा जानकारीका लागि labour.doha @ mofa.gov .np सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै राहदानी सेवाका लागि passport.doha@mofa.gov.np , कन्सुलर सेवाका लागि consular.doha @ mofa.gov .np र माग प्रमाणिकरण तथा श्रम सम्बन्धी स’मस्या तथा जानकारीका लागि labour.doha @ mofa.gov .np सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/13417

Previous articleकोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले थाल्यो सकारात्मक पहल
Next articleआज वि.सं. २०७७ साल माघ २७ गते मङ्गलबार ( फेब्रुअरी ९ २०२१) आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।