वर्षा पार्ने मौसमी प्रणाली सक्रिय, कहाँ कस्तो पूर्वानुमान ?

काठमाडौं – छिमेकी भारतको उत्तरपूर्वी भूभागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली हुने भएको जनाइएको छ ।

मौसमी प्रणालीले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली गराएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । सोमवारदेखि मौसममा क्रमिक सुधार आएपनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने सम्भावना रहेको उनले बताइन् ।

मौसमी प्रणाली भित्रिएपनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि हुने उनले बताइन् । काठमाडौं उपत्यकामा आईतबार बिहानैदेखि मौसम बदली भएर घाम नलागेका कारण बढी चिसो महसूस गरिएको जनाइएको छ ।

देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेपनि अपराह्नदेखि कुहिरो हटिसकेको उनले बताइन् । आईतबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

शनिबार र अघिल्ला केही दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा पुगेपनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागेपनि बिहान र बेलुका बढी चिसो हुने पूर्वानुमान गरिएको छ ।

सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना

Previous articleराजेन्द्र महतोले सरकारमा जाने तयार, राजपा भित्र भुइँचालो
Next articleविमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।