सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना

0
55

काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुर’क्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुर’क्षामा पूर्वल’डाकु खटिन थालेका छन् ।
दाहालको सुर’क्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वल’डाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वल’डाकु हुन् । सशस्त्र द्व’न्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए ।

यसरी खटिएका पूर्वल’डाकुको ‘ड्रेस कोड’ पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुर’क्षाकर्मी दाहालको सुर’क्षामा खटिएका थिए । हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुर’क्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुर’क्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुर’क्षा निकायबाट ५५ सुर’क्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वल’डाकुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुर’क्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वल’डाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । दुलाल नेकपाका तर्फबाट वाग्मती प्रदेशसभा सदस्य हुन् । नेकपाको आन्तरिक विवादपछि उनले वाग्मती प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए । ‘सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष जो जनयु’द्धका कमान्डर पनि हुनुहुन्छ, उहाँको सुर’क्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी कटौती गरेर ह्युमिलिएट र ह्यारेसमेन्ट गरेको छ ।

सरकारको यो निर्णयले प्रचण्डको सुर’क्षामा झनै थ्रेट भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘यसअघि नेपाल प्रहरीबाट अगुवा सुर’क्षामा खटिएको गाडीको सट्टा पूर्वजनमुक्ति सेनाको टोली खटिन थालेको छ ।’ यसरी खटिएका पूर्वल’डाकुको ‘ड्रेस कोड’ तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । दुलालले पूर्वप्रधानमन्त्री दाहालको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर पूर्वल’डाकु खटिएको बताए । सरकारले ठूलो संख्यामा सुर’क्षाकर्मी कटौती गरेपछि दाहालले निकटस्थसँग असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले पूर्वल’डाकुलाई सु’रक्षा निकायको भूमिकासरह पूर्वप्रधानमन्त्री दाहालको एस्कर्टिङमा खटाइनु गलतमात्र नभई द्व’न्द्वकालीन मानसिकताको उपज भएको टिप्पणी गरे । ‘सरकारले पूर्वपदाधिकारीसहित सबैलाई भरपर्दो सुर’क्षा प्रत्याभूति दिलाउनुपर्छ, यो उसको दायित्व हो, अझ पूर्वपदाधिकारीको सुर’क्षामा प्रहरी र सशस्त्र खटिएकै छन् तर त्यसले पुगेन भनेर पूर्वल’डाकुलाई सुरक्षा’कर्मीकै भूमिकासरह संगठित बनाएर खटाइनु सरासर गलत हो,’ तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रको अंग’रक्षक (शाही पार्श्ववर्ती) का रूपमा जिम्मेवारी निर्वाह गरेका बस्न्यातले भने, ‘राज्यका बहालवाला तथा पूर्वपदाधिकारीको सु’रक्षा व्यवस्था के–कसरी मिलाइएको छ, त्यो गोप्य हुनुपर्छ तर त्यसमा चुनौती दिने गरी पूर्वल’डाकु खटिँदा सुरक्षाभन्दा जोखिम बढी हुन्छ ।’

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्को निर्णयबमोजिम पूर्वपदाधिकारीको सुर’क्षामा तोकिएबमोजिम प्रहरी र सशस्त्र प्रहरी जनशक्ति खटाइएको र त्यसबाट सुर’क्षा प्रत्याभूति हुन नसकेको लागेमा सरकारलाई स्पष्ट आधार र कारणसहित जानकारी गराउन सकिने बताए । सुर’क्षाकर्मीकै हैसियत र बन्दोबस्तीसहित कसैले जिम्मेवारी निर्वाह गरेको पाइए त्यस्ता गतिविधि नियन्त्रणमा लिइने उनले बताए । ‘पूर्वपदाधिकारीको सुर’क्षामा राज्यले तोकेबमोजिमको व्यवस्था मिलाइएको छ, सोहीअनुसार जनशक्ति परिचालित छन्,’ उनले भने, ‘राजनीतिज्ञहरूको आवागमन वा कार्यक्रममा नेता/कार्यकर्ता अघिपछि लाग्न सक्छन्, त्यसमा हाम्रो कुनै सरोकार र चासो हुँदैन ।

कसैले सुर’क्षाकर्मीलाई नै अवरोध पुग्ने गरी, सुर’क्षाकर्मीकै हैसियतमा कानु’नविपरीतका काम गर्छ भने कारबाहीको भागीदार हुनेछ ।’

https://www.ujyaalonepalnews.com/archives/13526

Previous articleरविलाई लाग्यो फेरि अर्को आ’रोप, हजारौ युवालाई ठ’गेको आ’क्षेप
Next articleब्वाई’फ्रेण्ड सङ्ग मिलेर आफ्नै बुवा आमा सहित ९ जनालाई बन्च’रोले हा’नेर मा’र्ने सबनमलाई मृ’त्युद’ण्ड