
चितवन – दु’र्लभ एकसिङ्गे गैँडा मा’री खाग बिक्री गरेको अभि’योगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभि’योगमा १८ जना फ’रार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष सुरु भएयता निकुञ्जमा चोरी सिकारबाट मा’रिएका चार गैँडा फेला परेका थिए । यसलगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुस’न्धान ब्युरोले उनीहरूलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका ७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका २८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र उनकी श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोर’माराबाट लु’किछि’पी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र उनकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरू बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका १ इँटाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको ब’यानका आधारमा अन्य सात जना संलग्न भएको बुझिएको र उनीहरूको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।
यसैगरी अनु’सन्धानका क्रममा गैँडा मा’री खाग चो’री सि’कार भएका वि’गतका अन्य घट’नासमेत खुल्न आएका छन् । वि’गतका घ’टनामा संलग्न भएको अभि’योगमा जिल्लाको कालिका नगरपालिका ९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ । यही गिरो’हका लमजुङ बेसीसहर नगरपालिका १० का ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाण्डौबाट पक्राउ गरिएको हो ।
माडी नगरपालिका ९ अयोध्यापुरीका ३२ वर्षीय दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका ३ घर भइ काठमाण्डौ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भइ काठमाण्डौको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाण्डौ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तनहुँको आबुखैरेनी नगरपालिका ५ घुमाउने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत पक्राउ गरिएको छ । अनु’सन्धानका क्रममा पक्राउ परेकाहरूको बया’नबाट दो’षी देखिएका १८ जना फ’रार देखिएको उनीहरूको खोजी भइरहेको बरालले जानकारी दिनुभयो । पक्राउ परेकाहरूको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका का’टेर पैसा जस्तो बनाएको २३ बण्डल, ४१ लाख रुपैयाँ बराबरको बैंक भौचर ६ थान बरा’मद गरिएको जानकारी दिइएको छ ।
https://www.ujyaalonepalnews.com/archives/13451
