१४ फेब्रुअरीको सूचना: साउदीमा थप २० दिन यस्ता नियम पालना गर्नुपर्ने

१४ फेब्रुअरीको सूचना: साउदीमा थप २० दिन यस्ता नियम पालना गर्नुपर्ने

उज्यालो नेपाल, फाल्गुन ०४ ,चितवन- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ भने तपाईको लागी एउटा अत्य’न्त जरुरी खबर छ! साउदी सरकारले कोभिड-१९ को पून: बढ्दो संक्रमणलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने प्रयोजनले ४ फेब्रुअरी २०२१ रा’ति १० बजेदेखि लागू हुने गरी विभिन्न नियमहरु जारी गरेको थियो ! तर कोरोनाको जोखि’म कायम नै रहेको भन्दै थप २० दिन प्रतिव’न्धात्मक व्यवस्था रहने साउदी सरकारले जनाएको छ! गत आईतबार (१४ फेब्रुअरी ) एक सुचना जारी गर्दै साउदी सरकारले यस विषयमा जानकारी दिएको हो !

तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! साउदी अरबमा लागू गरिएको प्रतिवन्धा’त्मक व्यवस्थाहरू अझै केही दिन ला’गू हुने भएका छन् । कोरोनाभाइरसको महा’मारी थप फै’लिन नदिने उद्देश्यले लागू गरिएका प्रतिव’न्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।सरकारले आइतबार प्रतिव’न्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घो’षणा गरेको समाचारमा जनाइएको छ ।

साउदी अरबमा भीड’भाड गर्न, धेरै जना सहभागी भएर मनो’रञ्जनात्मक कार्यक्रमहरू गर्न प्रति’बन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रो’क लगाइएको छ । आन्तरिक मा’मिला मन्त्रालयले कोरोनाको महा’मारीको खत’रा अझै नट’रेकाले प्रतिब’न्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ ।

नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार रा’ति १० बजेदेखि लागू हुनेछ । कोरोना सङ्क्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रति’बन्ध लगाइएको छ । तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने क’डा माप’दण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ । यो अबधीमा के गर्न पाईने / के गर्न नपाईने 

  • विभिन्न ईभेन्ट तथा पार्टी (वैवाहिक कार्यक्रम, कर्पोरेट मि’टिङ्ग, ब्याङक्वेट हल तथा भाडामा लिईएको रेस्ट हाउस) हरुलाई ३० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी स्थ’गन गरिएको।
  • १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी कुनैपनि सामाजिक ईभेन्टमा अधिकतम २० जना भन्दा बढी भेला गर्न नपा’ईने ।
  • १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी सबै किसिमका म’नोरंजन गतिविधिहरु (सिनेमा हल, आन्तरिक मनोरंजन केन्द्र, सपिङ्ग मल, जिम, स्पोर्टस सेन्टर) लाई स्थ’गन गरिएको।
  • १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी रेस्टुरेष्ट्र तथा क्याफेहरुमा Take Away सर्भिस बाहेक अन्य डाङनिङ सर्भिसलाई स्थग’न गरिएको।

साथै, कोभिड-१९ को संक्र’मणलाई नियन्त्रण गर्न Tawakkalna (Covid-19 KSA) नामक मोबाईल एप्लिकेसन साउदी अरेबियाको राष्ट्रिय सूचना केन्द्र (National Information Center) ले निमार्ण गरेको र यहाँको स्वास्थ्य मन्त्रालयबाट आधिकारिकरुपमा स्वीकृत गरिएको छ। सो एप्लिकेसनले साउदी अरेबियामा कोभिड-१९ को सं’क्रमितका सम्बन्धमा यथाशीघ्र सूचना प्रदान गर्दछ।

सो एप्लिकेसन बिना साउदी अरेबियाका डिपार्टमेन्टल स्टोर, मल तथा सर्वसाधारणको भिड’भाड हुने सार्वजनिक स्थानहरुमा प्रवेश निषे’ध गरिएको छ। तसर्थ, आफ्नो सु’रक्षा एवम् सहज आवागमनका लागि पछिल्लो पटक जारी गरिएका निर्देशनको पालना एवम् Tawakkalna (Covid-19 KSA) एप्लिकेसनको प्रयोग गर्न सबैमा अनुरोध गरिन्छ।

 

https://ujyaalonepalnews.com/archives/13500

Previous articleआज २०७७ साल फाल्गुन ४ गते मंगलबार ( फेब्रुअरी १३ तारिक) आजको राशिफल
Next articleकतार जाँदा भोला, पुकार, गुड्खा, सुर्ती बोक्दै हुनुहुन्छ? अब हो’सियार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।