कतार जाँदा भोला, पुकार, गुड्खा, सुर्ती बोक्दै हुनुहुन्छ? अब हो’सियार

कतार जाँदा भोला, पुकार, गुड्खा, सुर्ती बोक्दै हुनुहुन्छ? अब हो’सियार

काठमाडौँ – अब कतार जाने यात्रुले सु’र्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्ती’जन्य पदार्थ साथमा ल्याउन प्रति’बन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ । यसका साथै सुर्ती’जन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्ती’जन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

न्यूनतम तलब हजार रियाल नदिए एक वर्ष कै’द हुने

कतारामा न्यूनतम ज्याला भुक्तानी सम्बन्धी श्रम कानूनको नियम पालना नगरे एक वर्ष जेल स’जाय र दस हजार रियाल सम्म जरि’वाना हुने भएको छ । यसअघि यो स’जाय एक महिना जे’ल र ६ हजार रियाल जरि’वाना थियो। प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम निरीक्षण विभागका निर्देशक फहाद अल डोसरीले हिजो कतार टेलिभिजनको एक कार्यक्रममा श्रमिकको न्यूनतम तलब एक हजार तो’किएको बताउनु भएको छ ।

त्यस्तै खाना नदिने कम्पनीले थप तीन सय रियाल र आवासको व्यवस्था नभएको कम्पनीले पाँच सय रियाल थप दिनुपर्नेछ । खाना र बस्नको थप पैसा न्यूनतम तलब बाहेकको हुने उहाँले थप्नुभयो ।एक हजार भन्दा बढी न्यूनतम तलब पाईरहेका कामदारलाई यो नियमले कुनै असर गर्ने छैन ।

अमिर शेख तमिम बिन हमाद अल थानीले गएको सोमबार जारी गर्नुभएको २०२० को कानून नम्बर १७ मा घरेलु कामदार लगायत सबै निजी क्षेत्रका श्रमिकहरु पर्नेछन् । एनओसी पेपर खा’रेज गर्ने र कामदारको न्यूनतम तलब तोक्ने कतार मध्यपुर्वकै पहिलो राष्ट्र बनेको छ । यद्यपि न्यूनतम तलबको कानून कार्यनयन हुन अझै एक महिना जतिको समय लाग्ने मन्त्रालयले बताएको छ ।

https://ujyaalonepalnews.com/archives/13504

Previous article१४ फेब्रुअरीको सूचना: साउदीमा थप २० दिन यस्ता नियम पालना गर्नुपर्ने
Next articleअन्ततः प्रहरीले पायो सफलता: भागरथीको ह’त्या’रा पक्राउ, भोलि सार्वजनिक गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।