अन्ततः प्रहरीले पायो सफलता: भागरथीको ह’त्या’रा पक्राउ, भोलि सार्वजनिक गरिने

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार तथा ह’त्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीस’मक्ष स्वीकार गरेको छ । स्थानीय सना’तम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्व’जनिक गर्ने तयारी गरिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खो’जी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको श’व लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झा’डीभित्र फेला पारेका थिए ।

भागरथीको श’व भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको ता’लिमप्राप्त कुकुरले अप’राधी गएको बाटो देखाएपनि अपरा’धीको घरसम्म पुग्न सकेको थिएन । भट्टको बला’त्कार र ह’त्यामा संलग्न रहेको आशं’कामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको टोलीले ती शं’कितलाई शानिवार रा’ति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बला’त्कार र ह’त्या गरेको स्वीकार गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/13506

Previous articleकतार जाँदा भोला, पुकार, गुड्खा, सुर्ती बोक्दै हुनुहुन्छ? अब हो’सियार
Next articleईमर’जेन्सी लाईट भित्र सुन लु’काएर ल्याउने एअरपोर्ट बाटै पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।