
अमेरिकाको राजधानी न्युयोर्कमा एक वकिलको परिवारै कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूका सम्पर्कमा आएका झन्डै १ हजार जनलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको छ।
न्युयोर्कको म्यानहटनमा ल फर्म सञ्चालन गरिरहेका ती वकिललाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनका परिवारका सबै सदस्यको नमुना परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ती वकिलका पत्नी, २० वर्षीय छोरो र र १४ वर्षीया छोरीलाई अर्थात् पूरै परिवारलाई संक्रमण भएको पाइयो।
साथै ती वकिललाई गाडीमा अस्पताल लैजाने छिमेकीलाई समेत गरी उनको सम्पर्कमा आएका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि ती सबैका सम्पर्कमा आएका व्यक्ति हिसाब गर्दा झन्डै १ हजार मानिसलाई सुरक्षित स्थान अर्थात् क्वोरेन्टाइनमा राख्नुपर्ने भएको हो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु रोसेलमा संक्रमित वकिल परिवारसमेत सहभागी भएको यहुदीहरूको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका कैयौं विद्यार्थी र वकिलको ल फर्ममा काम गर्ने ७ कर्मचारी तथा ती वकिल आउने जाने गरेका मेट्रो नर्थ ट्रेनका यात्रु सबै गर्दा झन्डै १ हजार जना कोरोना संक्रमणको आशंकामा परेका हुन्।
न्युयोर्कमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ११ पुगेको छ। न्युयोर्कको न्यु रशेलमा रहेको अर्को परिवारमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमित थप पाँचजना एउटै परिवारका भएको जनाइएको छ । ४६ बर्षकी महिला, उनका ४५ बर्षका पति र उनीहरुका तीनजना छोराछोरीमा कोरोना संक्रमण पुष्टी भएको हो।
यो परिवार कोरोना संक्रमित वकिलको परिवारसँग सम्पर्कमा आउँदा कोरोना संक्रमण भएको विश्वास गरिएको छ। ती वकिलको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच क्यालिफोर्नियामा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। क्यालिफोर्नियाको राजधानी साक्रामेन्टनजिक रहेको अस्पतालमा ७१ वर्षीय पुरुषको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
योसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्।
विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ।
एअरपोर्ट भित्रै लगेज फो’रेर ल्यापटप चो’र्ने विष्णुलाई प्रहरीले समायो


