अल्लो कोटको माग बढ्दो

0
72

दैलेख / मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो ।

काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।”

उत्पादित अल्लोको कपडालाई प्रतिमिटर रु ५०० पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बीना रोक्कामगरले उद्योगमा काम पाउँदा घरखर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उद्योगबाट एकवर्षमा १०० अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिनुभयो । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ ।

कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

The post अल्लो कोटको माग बढ्दो appeared first on Purbeli News.

परदेशमै श्रीमान् बि’तेपछी सविनाको चि’त्कार: हास्दै रमाउदै घर जाने बेला म बाकसमा ला’स लिएर कसरी फर्किउ ?

Previous articleशिविरमा आक्रमण हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको ज्यान गयो
Next articleमृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै