वर्षौको प्रतिक्षा पछी ध्रुब चोक- भद्रकाली चोक सडक कालोपत्रे हुदै, स्थानीयबासी मख्ख
निराजन घिमिरे, फाल्गुन-१६, चितवन- चितवनको रत्ननगर नगरपालिका १६ मा पर्ने ध्रुबचोक-भद्रकाली चोक सडकको कालोपत्रे तथा स्तरोन्नति सुरु भएको छ! वर्षौ देखि सडक कालोपत्रेको माग गरिरहेका स्थानीय सडकमा डोजर चल्न थालेपछि निकै खुशी देखिएका छन् ! धुवांधुलो बाट आ’जित उनीहरु बाटोको साँध सिमाना निर्धारण गर्दा आउनसक्ने वि’वादलाई निरुपरण गर्न आफै ख’टिएका छन् !
शहरी विकाश मन्त्रालयको सघन सहरीविकास कार्यक्रमा अन्तर्गत विनियोजन भएको एक करोड रुपियाले सडक स्तरोन्नतिको काम सुरुभएको हो! उक्त रकमले तत्कालै ८१५ मिटर सडक कालोपत्रे हुने रत्ननगर नगरपालिका वार्ड नं. १६ का वडाध्यक्ष हेमराज थापाले बताए! हाल ध्रुब चोक बाट उत्तर तर्फा ८१५ मिटर सडक मात्र कालोपत्र हुने भएपनि तत्कालै अर्को योजना मार्फत उक्त सडकको अन्तिम विन्दु कालिका नगरपालिका सम्मै स्तरोन्नति हुने उनले बताए !
हाल आठ मिटर चौडा रहेको सडकमा स्तरोन्नति गरि ५ मिटर चौडा कालोपत्रे गरिने छ भने सडकको दायाँबायाँ डेड-डेड मिटर सडक खाली रहनेछ! सडक स्तरोन्नतिको काम आगामी असार मसान्त भित्रै सक्नेगरी अनेश कन्ट्रक्सन संग सम्झौता भएको बताईएको छ!
कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन गरिने अनुगमन समितिका संयोजक कृष्ण बहादुर थापाले बताए ! यस अघि वडाध्यक्ष हेमराज थापाको उपस्थितिमा ५ सदस्यीय अनुगमन समिति बनाईएको थियो!
https://ujyaalonepalnews.com/archives/13722


