नवगठित लायन्स क्लब अफ पिठुवाको कार्यसमितिले पायो पूर्णता

नवगठित लायन्स क्लब अफ पिठुवाको कार्यसमितिले पायो पूर्णता

निराजन घिमिरे, भदौ ११, चितवन- चितवनको रत्ननगर पिठुवामा नवगठित लायन्स क्लब अफ पिठुवा चितवनको कार्यसमितिले पूर्णता पाएको छ । आज (शुक्रबार ) रत्ननगर १६ वडा कार्यालयको सभाहलमा क्लबका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता बसेको बैठकले समितिको विभिन्न पदहरुमा पदाधिकारीहरु चयन गरेको हो। यो संगै क्लबको आठ सदस्यिय कार्यसमितिले पूर्णता पाएको छ ।

rajan thapa ads

दुई महिना अगाडी गठित लायन्स क्लब अफ पिठुवा चितवनको कार्यसमितिमा खाली रहेका पदहरु प्रथम उपाध्यक्षमा हेमराज थापा, द्वितीय उपाध्यक्षमा संगीता खड्का कार्की, तृतीय उपाध्यक्षमा संजीव थापालाई सर्वसहमतीले चयन गरिएको हो । त्यस्तै सहसचिवमा संजीव सिग्देल र सहकोषाध्यक्षमा इन्दिरा तिमिल्सिना चयन भएकाछन् ।

यसैगरी वैठकले श्यामराज थापाको संयोजगत्वमा पांच सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा उत्तम बाबु कट्टेल, बद्रि अर्याल, नेत्र प्रसाद घिमिरे र  हरिश्चन्द्र अधिकारी सदस्यको रुपमा चयन हुनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/15635

Previous articleवैदेशिक रोजगारी बाट फर्कंदा बुबा र श्रीमती बीच अ’वैध सम्बन्ध रहेको थाहा पाएपछि घट्यो यस्तो घ’टना
Next articleरियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।