Home Uncategorized विदेश बाट आउनेलाई नयाँ मापदण्ड: यस्तो अवस्थामा क्वारेन्टाइन नबसी सिधै घर जान...

विदेश बाट आउनेलाई नयाँ मापदण्ड: यस्तो अवस्थामा क्वारेन्टाइन नबसी सिधै घर जान पाईन्छ

काठमाण्डौ – कोरोना विरुद्धको दुवै डोज खोप लगाएको भए पनि विदेशबाट फर्कने यात्रुले अनिवार्य रूपमा होटल क्वरेण्टीनमा बस्न पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत आउनेहरू विशेष अवस्थामा बाहेक सरकारले तोकेको होटल क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने उल्लेख गरिएको छ । मापदण्डमा कोरोना विरुद्धको खोप लगाएका यात्रु होटल क्वरेण्टीनमा बस्न नपर्ने भनेर कतै पनि उल्लेख गरिएको छैन । ‘दुवै डोज खोप लगाएको भए पनि होम क्वरेण्टीनमा बस्न पाउनेहरू भनेर मापदण्डले तोकेका बाहेक सबै यात्रुले होटल क्वरेण्टीनमा बस्नपर्छ’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भन्नुभयो,‘मापदण्ड सबै यात्रुका लागि हो यसमा खोप लगाएको नलगाएको भन्नै हुँदैन ।’

यी अवस्थामा सिधै होम क्वरेण्टीनमा जान पाइन्छ

सरकारले विदेशबाट आउने यात्रुका लागि जारी गरेको नयाँ मापदण्डले विभिन्न सर्त र अवस्थाहरूमा सिधै होम क्वरेण्टीनमा जान पाउने कुरा पनि उल्लेख गरेको छ । – आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा पालिकाको सिफारिसका आधारमा कम्तीमा १० दिनसम्म अनिवार्य होम क्वरेण्टीनमा बस्ने गरी घर गन्तव्यमा जान अनुमति दिइने छ । क्वरेण्टीन रहँदाको समयमा आफ्नै खर्चमा ११ औँ दिनमा पीसीआर परीक्षण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

– दीर्घ बिरामी, शारीरिक रूपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र पालिकाको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वरेण्टीनमा बस्ने गरी घर÷गन्तव्यमा जान अनुमति पाइन्छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ । होम क्वरेण्टीनमा बसे नबसेको र पीसीआर परीक्षण गराए नगराएको निगरानी तथा अनुगमन सम्बन्धित पालिकाले गर्नेछ ।

– नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूको हकमा सम्बन्धित नियोगको सिफारिसको आधारमा नियोगले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वरेण्टीन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने मापदण्डमा उल्लेख गरेको छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ ।

–सरकारी काममा विदेश गएका कर्मचारीहरूको हकमा सम्बन्धित कार्यालयको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वरेण्टीनमा बस्ने गरी घर/गन्तव्यमा जान अनुमति दिइने उल्लेख गरिएको छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ ।

– एकाघर परिवारका कुनै सदस्य अस्पतालको आइसियु तथा भेन्टिलेटरमा उपचारार्थ भर्ना भएका तर हेरचाह गर्ने कोही नभएकाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात तथा सम्बन्धित पालिकाको सिफारिस पेस भएमा अस्पताल घर गन्तव्यमा जान पाइने छ । होम क्वरेण्टीन बस्ने गरी वा होटल क्वरेण्टीन पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई स्थानीय प्रशासनले आवश्यक सहजीकरण गर्ने जनाइएको छ ।

होटल क्वरेण्टीन अनिवार्य

खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्छ । नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ । आकस्मिक अवस्थामा बाहेक अन्य यात्रु १० दिन अनिवार्य होटेल क्वरेण्टीन बस्नपर्छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुले होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु आफ्नो गन्तव्यमा जान सक्नेछन् । उज्यालो अनलाईन बाट

यो पनि पढ्नुहोस्: विदेश बाट फर्किएका हवाई यात्रु क्वारेन्टाइन बस्नको लागी तोकियो ७८ होटल; मूल्य कति?

https://ujyaalonepalnews.com/archives/14509

Previous articleश्रम गर्न विदेश गएका नेपाली उतै रक्सि पार्दै बेच्दै; तीनजनालाई देश निकाला गर्ने तयारी
Next articleदुईवटै डोज खोप लगाए पनि क्वारेन्टाइन बस्नै पर्ने; विमानस्थलको अध्यागमन विभागले जारी गर्यो यस्तो सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।