कम्युनिस्ट शासनमा सुरक्षा नाजुक, फेरि पड्कियो प्रेसर कुकर बम !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरक्षा व्यवस्था सम्हालिरहेका बेला देशमा सुरक्षा नाजुक भएको छ ।

केही दिनअघि बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको घरमा राजधानी काठमाडौंमै बम विस्फोट भएको घटना सेलाउन नपाउँदै आईतबार संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट गरिएको छ ।

चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत् गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताको संलग्न रहेको आशंका गरिएको छ । बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रेसर कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा प्रेसर कुकरका टुक्रा भेटिएका जनाइएको छ ।

सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग

Previous articleमृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै
Next articleपारिवारिक लेनदेनमा विवाद हुँदा श्रीमानले ज्यूँदै जलाए श्रीमतीलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।