रत्ननगर नगरपालिकाले प्रकाशित गर्यो कक्षा ८ को नतिजा ( सम्पूर्ण विद्धालयको नतिजा सहित )
निराजन घिमिरे, जेठ २९, चितवन- चितवनको रत्ननगर नगरपालिकाले कक्षा ८ को परीक्षाफल अनलाइनमार्फत प्रकाशित गरेको छ । आज शनिबार नगरपालिकाले एक सुचना प्रकाशित गरेर नतिजा प्रकाशन बारे जानकारी दिएको हो । नतिजा रत्ननगर नगरपालिकाको वेबसाइट मा प्रकाशित गरिएको छ । देशभर लकडाउनले प्रभावित बनाइरहेका बेला नगरपालिकाले नतिजा अनलाइन प्रणालीबाट प्रकाशन गरेको हो। परीक्षार्थीले मोबाइल नै पिडिएफ फाईल डाउनलोड गरेर नतिजा हेर्न पाउने छन् ।
कोरोना माहामारीको कारण प्रशासनले निषेधाज्ञा जारी गरेपछि कक्षा ८ को परिक्षा सुरु नै नभई स्थगित गरिएको थियो । निषेधाज्ञाका कारण परिक्षा संचालन गर्ने अवस्था नरहेपछि विद्धालयले पठाएको मूल्यांकनको आधारमा नतीजा प्रकाशन गरिएको हो । नतिजामा चित्त नबुझी परिवर्तन गर्नुपर्ने भएमा तोकिएको शुल्क तिरेको भौचर सहित आवश्यक कागजात संलग्न गरि २०७८/०३/०४ सम्ममा नगरपालिकाको शिक्षा शाखामा पेश गर्ने अनुरोध गरिएको छ ।
नतिजा हेर्न यँहा क्लिक गर्नुहोला
https://ujyaalonepalnews.com/archives/14614


