मापसे र अप’शब्दको निहुँमा सामाजिक सुधारक ज्ञानेन्द्र शाहीको ११ सदस्यीय टोलीसङ्ग सुर्खेत सदरमुकाम नजिकका गाउँलेको हिजो शुक्रवार राती झ’डप भएको छ । वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा शाहीको टोलीले निषेधाज्ञा र महामारीबीच स्थानीय मानबहादुर बुढा र सीता आचार्यको घरमा बसेर खानपान गरेका थिए । ११ जनाको टोलीले ०२३ च ३९६८ को स्कोर्पियो,बा १९ च ४८१६ को कार र लु ७० प ८६४१ को मोटरसाइकल प्रयोग गरेका थिए । त्यहाँबाट निस्केको शाहीको टोलीमाथि खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवाहरूसङ्ग अपशब्दसहित दुर्व्य’वहार गरेको आ’रोप छ ।
युवाहरूले आफूहरूमाथि दुर्व्य’वहार भन्दै गाउँले गुहा’रेका थिए । राती गाउँले उर्लिएर प्रति’कार गर्दा शाहीको टोली सामान्य घाइ’ते भएको स्थानीयहरू बताउँछन् । शाहीको टोलीेले आज बिहानैदेखि आफूहरूलाई एमालेले पि’टेको हल्ला गरेको छ । कर्रेखोलामा रहेका काँग्रेस वडा सभापतिले ‘एमाले,काँग्रेस केही होइन, उनीहरूले बद’मासी गरेपछि गाउँलेले प्रति’कार गरेको’ बताएका छन् । यता,प्रहरीले भने मेडिकल चेक नगरी शाहीको टोलीलाई छाडेको स्थानीयको आ’रोप छ । गए राती नै प्रदेश अस्पतालमा उनीहरूको सामान्य उपचार भएको थियो ।
प्रहरीले गाउँले पाँच जनालाई भने पक्रेको छ । राती ११ बजे उक्त घ’टना भएको हो । ज्ञानेन्द्र शाही र टिम रा’ती स्थानीय सीता आचार्यको घरमा खाना खाएर निस्केपछि होहल्ला हुँदा स्थानीय युवाले को हो ? किन ह’ल्ला गरेको ? भनेको र अपशब्द बढ्दै गएर दोहोरो’ झ’डप भएको प्रहरीले बताएको छ । स्थानीयलाई दिउँसोको दुर्व्यव’हार र अपशब्दको चो’ट पनि छँदै थियो । सामान्य घा’इते भएका भनिएका शाहीको टोलीलाई कर्णाली प्रदेश अस्पतालले तत्काल डिस्चार्ज गरे पनि प्रहरीका एसपी राजेन्द्र बिष्टलाई फोनमा थर्का’एको र आज बिहानदेखि सो को अडियो हालेर सामाजिक सञ्जाल र युट्युबमा हल्ला गर्न थालेको प्रहरीले बताएको छ ।
कोरोना महा’मारी रोकथामको लागि लगाएको निषेधाज्ञामा २ वटा गाडी,र वटा मोटरसाइकलमा यात्रा गर्दै हिंडेको टोलीलाई प्रशासनले मापसे परीक्षण नगरी छाडेकोमा स्थानीयले आ’पत्ति जनाएका छन् । प्रहरीका अनुसार घा’इते भनिएका एक जनाको टाउकोपछाडिबाट हल्का ‘रग’त आएको छ । राती ९ बजे भि’डन्तको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बस्नेतको कमाण्डमा ६ जनाको टोली त्यसतर्फ गएको थियो ।
जहाँ स्थानीय २ सय जनाको भीड उत्रिएको देखिएपछि फेरि पछि प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा २० जनाको टोली घट’नास्थल पुगेको थियो । यही टोलीले सम्झाइबुझाई गरेर राती २ बजे स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो । शाहीको टोलीमा रहेकामध्ये ललितपुरको गोदावरी ५ बस्ने वर्ष ४० को भूतपूर्व प्रहरी हवल्दार राजेश महतोको टाउकोमा सामान्य चो’ट लागेको छ । शाहीको गाडी चलाउने नुवाकोट विदुर ३ का वर्ष २६ कृष्ण पाण्डेको टाउकोमा पनि सामान्य चो’ट लागेको बताइन्छ ।

त्यस्तै जुम्लाका ज्ञानेन्द्र शाही, बागलुङ नगरपालिका १ की वर्ष २८ की नितु खड्का र शाहीको टोलीमा रहेका वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३४ का लोक रोकाया सामान्य घा’इते छन् । प्रहरीले स्थानीय २१ वर्षदेखि २८ वर्षसम्मका पाँच जना युवाहरू सुजनसारु मगर,ललित गाहा,टंक सलामी,घनश्याम सलामी, नवराज गिरीलाई हि’रासतमा राखेको छ । ११ बजे सुरु भएको झड’प साम्य हुँदा बिहानको २ बजेको थियो । जनआस्थामा खबर छ
https://ujyaalonepalnews.com/archives/14700


