आज शुक्रबार १० अन्तराष्ट्रिय उडान हुँदै (यस्तो छ तालिका)

आज शुक्रबार १० अन्तराष्ट्रिय उडान हुँदै (यस्तो छ तालिका)

कोरोना संक्रमण कम भए संगै नेपालले अन्तरास्ट्रिय उडान अनुमती दिदै आएको बेला हिजो विहिबार ७ वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। त्यस्तै आज शुक्रबार १० वटा अन्तरास्ट्रिय उडान हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ले  दिएको उडान जानकारीका अनुसार आजको उडान तालिका निम्नानुसार छ। विभिन्न देशको लागि विभिन्न विमान कम्पनीको शुक्रबारको उडान तालिका तल हेर्नुहोस्।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

https://ujyaalonepalnews.com/archives/14779

Previous articleकालिका नगरपालिकाको निति तथा कार्यक्रममा भुमीहीन र विपन्न परिवारलाई प्राथमिकता
Next articleखाडी मुलुक जाने जहाज भाडा ३०० प्रतिशत महँगो, रोजगारीमा जानुपर्ने कामदार काठमाडौंमा अलपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।