साउदी जाने नेपालीलाई नयाँ खबर; होटल क्वारेन्टाइनको पैसा अब कम्पनीले नै तिरिदिने

0
50

निराजन घिमिरे / २८ जुन– साउदी सरकारले साउदी प्रवेश गर्ने नेपाली (non-vaccinated ) को लागी होटल क्वारेन्टाइन निशुल्क गरिदिने भएको छ । साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै आफ्नो देशमा प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travellers ) हरुलाई निजहरुको आफ्नै खर्चमा ७ दिन अनिवार्य रुपमा संस्थागत क्वारेन्टाइन बस्नुपर्ने नियम लागु गरेको थियो । साउदी सरकारको यो नियम पछी साउदी प्रवेश गर्ने नेपाली नागरिकहरुले आफ्नै खर्चमा होटल क्वारेन्टाइन बसिरहेका थिए ।

तर साउदी सरकारको यो निर्णयले नेपाली कामदार मर्कामा पर्ने देखिएपछी साउदीको रियादमा रहेको नेपाली राजदुताबासले नेपाली श्रमिकको लागी उक्त नियम लागु नगर्न र होटल क्वारेन्टाइन निशुल्क गर्ने पहल गर्दै आईरहेको थियो। दुताबासले आज एक सुचना प्रकाशित गर्दै दुताबासको पहलले सार्थकता पाएको र अब साउदी प्रवेश गर्ने नेपाली नागरिकहरुले होटल क्वारेन्टाइनको पैसा बुझाउन नपर्ने जानकारी दिएको छ । दुताबासले प्रकाशित गरेको सुचना यस्तो छ ।

साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना

साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travellers ) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको जानकारी दूतावासको मिति ११ जेठ २०७८ को सूचनाबाट सम्बन्धित सबैलाई अवगत गराइएको थियो ।

सात दिनको संस्थागत क्वारेन्टिन बापत करिब ३,५००।- साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले तत्कालै साउदी सरकारसँग कुरा गरी साउदी आउने नेपाली कामदारले संस्थागत क्वारेन्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । यस विषयमा दूतावासले निरन्तर पहल गरिरहेको थियो । साउदी अरबमा आउने कामदारहरूको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको छ।

तसर्थ, साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको हुँदा छुट्टीमा घर गएर साउदी फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टिनको खर्चका बारेमा आ- आफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ । साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकोले क्वारेन्टिनका नाममा हुनसक्ने संभाव्य ठगिबाट बच्नु हुन समेत अनुरोध छ। नेपाली राजदूतावास, रियाद। १४ असार २०७८

यसअघि साउदी पुगेपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने कुराको बि’रोध गर्दै फिलिपिन्सले आफ्ना नागरिकलाई साउदी जान रोक समेत लगाएको थियो । फिलीपीन्स (Philippines) ले साउदी प्रवेश गर्ने विदेशी श्रमिकलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने नयाँ नियम लागु गरेपछी साउदीका लागी दक्ष/ अर्धदक्ष कामदार उपलब्ध गराउंदै आएको फिलिपिन्सले आ’पती जनाएको थियो ! कामदारलाई आर्थिक भार बढाउने गरि आएको उक्त नियमको फिलिपिन्सले खरो वि’रोध गरेपछि साउदी सरकारले फिलिपिन्सका नागरिकको लागी यो नियम त्यतिबेला नै हटाएको थियो। नेपाली दुताबासको पनि लगातारको पहल पछी साउदी सरकारले यो निर्णय गरेको हो ।

https://www.ujyaalonepalnews.com/archives/14930

Previous articleकृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण
Next articleसुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय