खोप लगाएर कतार जानेले क्वारेन्टाइन बस्न नपर्ने तर नेपालमा चल्तीमा रहेको खोपलाई छैन मान्यता

खोप लगाएर कतार जानेले क्वारेन्टाइन बस्न नपर्ने तर नेपालमा चल्तीमा रहेको खोपलाई छैन मान्यता

दोहा– कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । कोरोनाको उच्च जोखिम रहेका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र फिलिपिन्सलगायत देशहरूबाट कतार प्रवेश गर्नेहरूका लागि अनिवार्य १० दिने क्वारेन्टाइन बस्नु पर्ने नियम छ । तर अब दुवै डोज खोप लगाएकाहरूले भने उक्त नियम पालना गर्नु नपर्ने भएको छ । कतारले हालसम्म फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिकाको खोपलाई मान्यता प्रदान गरेको छ भने सिनोफर्म, भेरासेल, कोभिशिल्ड खोपलाई प्रयोगका लागि अनुमति दिएको छैन ।

यद्यपी कोरोनाविरुद्धको जुन कुनै खोपको दुवै डोज लगाएका व्यक्तिले कतार प्रवेशपछि क्वारेन्टाइन भने बस्नु पर्दैन । नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले अन्य ग्रीन जोनमा भएको मुलुकबाट कतार प्रवेश गर्न चाहेमा सोही मुलुकमा १० दिन क्वारेन्टाइन बसेर आए मात्र कतार प्रवेशको अनुमति दिइने बताइएको छ । यद्यपि कतार आउँदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ । नेपालबाट कतार आउन १२ घण्टा अगाडि एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गर्न गर्नुपर्ने कतारका नेपाली समुदायका आग्रज तथा प्रोफेसर मोहम्मद रामजान अली मियाले जानकारी दिएका छन् ।

भिजिट भिसा, पर्यटक र फेमेली प्रवेश भिसा पनि पुनः शुरू

कतारको आन्तरिक मन्त्रालयले सोमबार अर्थात जुलाई १२ तारिखदेखि लागू हुने गरी भिजिट भिसा, पर्यटक र फेमेली प्रवेश भिसा पनि पुनः शुरू गर्ने घोषणा गरेको छ । मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै यात्रा र कतार प्रवेशका लागि नयाँ नीतिहरूको खाँका र कोरोना भाइरसको घटनाक्रम सम्बन्धी स्वास्थ्य मन्त्रालयको सिफारिसको आधारमा भिजिट भिसा, पर्यटक र फेमेली भिसा पुनः शुरू गर्ने निर्णय गरिएको जनाएको छ । मन्त्रालयले सम्बन्धित अधिकारीहरूलाई पर्यटक र फेमेली प्रवेश भिसा पुनः शुरू गर्नु अघि आवश्यक प्रक्रियाहरूको पालना गर्न समेत अपिल गरेको छ । खबर हब बाट 

https://ujyaalonepalnews.com/archives/15052

Previous articleअन्तर्राष्ट्रिय उडान थपिए: मलेशियामा कुन कुन दिन छ उडान? सम्पूर्ण जानकारी
Next articleकतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।