कतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

कतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

दोहा । घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् । आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो । यो नियम १२ जुलाइबाट कार्यान्वयनमा आउने बताइएको छ । यसअघि कतारले कोरोना महामारीको बीचमा फर्किनेले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको थियो ।

विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिले सोमबारदेखि अनुमति नचाहिने जानकारी दिएका छन् । उनले स्थानीय सञ्चार माध्यमालाई जानकारी दिँदै भनेका छन्,‘यदि कतारको वैधानिक आवासीय अनुमति छ र, उनीहरु कतार बाहिर ६ महिनाभन्दा कम समय बसेको छन् भने ‘एक्सेप्सनद इन्ट्री परमिट’ विना नै कतार प्रवेश गर्न पाउनेछन्।’

त्यस्तै विशेष परिस्थितिले ६ महिना कतार बाहिर बस्नु परेका कारण आवासीय अनुमति (आइडी कार्ड) को म्याद समाप्त भएका पनि आवश्यक प्रक्रिया पूरा गरेर कतार फर्किन पाउनेछन् । त्यस्ता व्यक्तिले कतारको इ–गगभर्मेन्ट वेबसाइट ‘हुकूमि’ वा ‘मेट्रास’ मार्फत प्रक्रिया पूरा गरी शुल्क तिर्नुपर्नेछ।

https://ujyaalonepalnews.com/archives/15054

Previous articleखोप लगाएर कतार जानेले क्वारेन्टाइन बस्न नपर्ने तर नेपालमा चल्तीमा रहेको खोपलाई छैन मान्यता
Next articleकतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।