साढे दुई केजी सुनसहित ५ जना पक्राउ

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन बरामद भएको छ। पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ। साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए। अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ। रासस

कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित

Previous articleरहस्यमा अफगान विमान दुर्घटना, एयरलाइनकै नाम पत्ता लागेन
Next articleए डिभिजन लिगमा एपीएफविरुद्ध प्रहरी १–० ले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।